विश्वकप फाईनलका लागि क्रोयसिया र फ्रान्सको आईतबार भिडन्त


क्रोयसिया विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । पहिलो पटक फाईनलमा पुगेको क्रोयसियाले उत्कृष्ट खेल प्रदर्शन गर्दै बेलायतलाई पराजित गरेको हो । बुधबार राति सम्पन्न भएको क्रोयसिया र बेलायतबीचको खेल निर्धारित समयमा १-१ को बराबरीमा रोकिएको थियो। खेलको पाँचौं मिनेटमा किरन ट्रिपरले फ्रिकिक मार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका थिए। इभान रिकिटिकले डी बक्सबाहिर जोर्डन हेन्डरसनलार्इ लडाएपछि पाएको फ्रिकिकमा ट्रिपरले गरेको प्रहारले सिधै जाली चुमेको थियो।
पहिलो हाफमा इंग्ल्याण्डले १-० को अग्रता बनाए पनि ६८ अौं मिनेटमा इभान पेरिसिकले क्रोएशियाबाट बराबरी गोल फर्काएका हुन्। सिमी भर्सजिकोले डी बक्समा उठाएर दिएको बललार्इ पेरिसिकले पोस्टको दिशा दिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। पराजित इंग्ल्याण्डले भने अब तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग खेल्नेछ। आइतबार नेपाली समयअनुसार ८ बजेर ४५ मिनेट जाँदा हुने फाइनल खेलमा क्रोएसियाले उपाधिका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा पराजित भएको इङल्यान्डले शनिबार नेपाली समयअनुसार ७ बजेर ४५ मिनेट जाँदा सुरु हुने तेस्रो स्थानको प्लेअफ खेलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएपछि क्रोएसियाले पहिलो पटक सन् १९९८ को विश्वकप खेलेको थियो । त्यतिबेला सेमिफाइनलमा पराजित भएको क्रोएसियाले तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्डस्लाई हराएको थियो । त्यसयता सन् २००२ र सन् २००६ को विश्वकपमा समुह चरणबाटै बाहिरिएको क्रोएसिया सन् २०१० मा छनोट समेत हुन सकेन । ब्राजिलमा चार वर्षअघि भएको पछिल्लो विश्वकपमा क्रोयशिया छनोट भएको थियो । तर पहिलो, चरणबाटै बाहिरियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?