सार्कको तयारीबारे अनुगमन, सम्मेलनस्थलका कुर्सीमा समस्या, अतिथिलाई सास्ती हुने निष्कर्श
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सम्मेलनस्थलको रुपमा रहेको राष्ट्रियसभागृहमा पाहुनाका लागि राखिएका मेचहरूको व्यवस्थापनमा कमजोरी देखिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्कको तयारीबारे अध्ययन गर्न सभासद् बलबहादुर केसीको संयोजकत्वमा गठित शान्ति सुरक्षा तथा भौतिक व्यवस्थापन अध्ययन, अनुगमन उपसमितिले आज त्रिभुवन विमानस्थल र सम्मेलनस्थल राष्ट्रि«य सभागृहको अनुगमनको क्रममा दुवै स्थानमा यथेष्ठ मात्रामा तयारी नपुगेको भेटिएको जनाएको छ । सम्मेलनस्थल राष्ट्रिय सभागृहमा अतिथिका लागि राखिएका मेच निकै साँघुरो गरी राखिएको भेटिएको छ । एउटा व्यक्ति बसेपछि अर्को व्यक्ति छिर्न नसक्ने अवस्थाको मेचको व्यवस्थापनले आउने पाहुनाहरूलाई असहज हुने निश्चित छ । उपसमितिका सदस्य सभासद् अभिषेकप्रताप साहले भन्नुभयो–“ कुनाबाट कुनै पाहुना बीचमा जान खोजे लहरमा बसेका सबै पाहुना उठ्नुपर्ने र वा बीचको कुर्सीमा बसेको पाहुना बाहिरिन खोजेमा लहरमा बसेका सबै पाहुना उठ्नुपर्ने अवस्था देखिएको छ ।” सार्कका लागि भनेर नयाँ मेचहरूको व्यवस्थापन गरिएपनि एउटा कुनाबाट पाहुना अर्को कुनामा जान समस्या हुने देखिएको छ । व्यवस्थापनको कमजोरीले पाहुनामा नराम्रो सन्देश जाने चिन्ता सभासदहरूले अनुगमनको क्रममा व्यक्त गरेका थिए । अनुगमनको क्रममा विमानस्थल र राष्ट्रिय सभागृह दुवै ठाउँमा निर्माणको कार्य जारी रहेपनि कामले पूर्णता नपाएको देखिएको संयोजक केसीले बताउनुभयो । उहाँले भन्नुभयो–“ पाहुना प्रवेश गर्ने प्रमुखद्वार विमानस्थल र कार्यक्रम आयोजनास्थल सभागृह दुवैमा अझै काम पुरा भएको छैन, मूल समारोह समितिले कात्तिक २५ गतेभित्र काम पूरा हुने जानकारी समितिलाई गराएपनि सो अनुरुपको काम भएको पाइएन ।” सार्कको तयारी राष्ट्रकै इज्जत र गरिमाको विषयवस्तु भएकाले त्यसमा कुनै कमीकमजोरी नहोस् भन्नेमा सबै सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ ।अनुगमनको क्रममा विमानस्थलभित्रको फोहर अभैm नउठाइएको, भाँचिएका मेच यत्रतत्र छरिएको अवस्थामा पाईएको थियो । अध्यागमन विभागका कर्मचारी बस्ने धेरै मेच खाली अवस्थामा रहेको तथा कर्मचारीहरूले सरकारले तोकेको पोशाक नलगाएको पाइएको थियो ।