अष्ट्रेलिया र चीनबीच स्वतन्त्र व्यापार सम्झौता, दुग्ध उद्योग बढी लाभान्वित


china agreementअष्ट्रेलिया र चीनबीच स्वतन्त्र व्यापार सम्झौताको खाका तयार भएको छ । यसमा अझै हस्ताक्षर हुने कार्यक्रम रहेको छ जसमा दुई देशका प्रमुखहरुको उपस्थितिमा अष्ट्रेलियन व्यापार मन्त्री एन्ड्रयू रोब र चिनियाँ वाणिज्य मन्त्री गाओ हुन्चेंगले हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्री टोनी एबोटले भन्नुभएको छ, छलफलको क्रम सकिएको छ । हामी एउटा सहमतिमा पुगेका छौं । यसले दुई देशको उद्योगको विकास र व्यापारको विस्तारमा नयाँ आयाम दिने कुरामा हामी विश्वस्त छौं । यसले मुख्यतः अष्ट्रेलियाको कृषि क्षेत्रलाई लाभ पुर्याउनेछ । बताइए अनुसार यस सम्झौताले सबैभन्दा बढी अष्ट्रेलियन दुग्ध व्यवसायलाई फाईदा पुग्नेछ । यसैगरी अष्ट्रेलियन वाईन कम्पनीहरुले पनि निर्वाध रुपमा चिनियाँ बजारमा आफ्नो उपस्थिति जनाउन पाउनेछन् । यससँगै शिक्षा, स्वास्थ्य, वित्तिय सेवा, बीफ लगायतका उद्योगहरुको निम्ति लाभदायक प्रावधानहरु यसमा समेटिएका छन् । यस किसिमको सम्झौता गर्नका निम्ति चीनसँग सन् २००५ देखि नै छलफल चलिरहेको थियो । तर, भर्खरै यो सम्भव भएको छ । दुईपक्षीय व्यापार प्रबद्र्धन हुनुका साथै अष्ट्रेलिया र चीनकाबीच सहकार्यको नयाँ युग प्रारम्भ हुने पनि नेताहरुले बताएका छन् । सम्झौतामा आजै हस्ताक्षर हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?