एडिलेडमा पनि बन्यो नेपाली महिला क्रिकेटको टोली !
एडिलेड नेप्लिज क्रिकेट एसोसिएशन (एन्का) ले नेपाली महिला खेलाडीहरुलाई लक्षित गरी पटक एन्का सनसाईन नामक क्रिकेट टिम निर्माण गरेको छ । टिमको घोषण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि साउथ अष्ट्रेलियाकी प्रीमियर अफिसकी सहायक मन्त्री जिङ ली थिइन् । उनले खेलाडीलाई ह्याट दिएर औपचारिक सुरुवात गरिन् । उक्त अवसरमा एन्काका सभापति बिजय जोशी, दीपक क्षेत्री, सन्तोष अधिकारी लगायतले क्लब र यसले गरेका कामका बारेमा चर्चा गरेका थिए । एन्काले बालबालिकाहरुलाई लक्षित गर्दै वुलवर्थस् ब्लास्ट क्रिकेट प्रतियोगिता बिगत बर्षहरुबाटै गर्दै आएको छ। साना बालबालिकाहरुलाई क्रिकेट सिकाउने र उनीहरुबीच खेल समेत गराउने यो अवसरमा अभिभावकहरु पनि उल्लेख्य मात्रामा उपस्थित थिए । कार्यक्रममा एन्काको बार्षिक कार्यतालिका पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा सहभागी हुन साउथ अष्ट्रेलिया क्रिकेट एशोसिएसनका प्रतिनिधि म्याट लूकस र ऑलिवर ग्राहम तथा साउथ अष्ट्रेलिया रेड व्याक्स प्लेयर निक विंटर र ऐलेक्स रॉक्स बिग बासको ट्रफीसहित उपस्थित थिए । कार्यक्रमको संचालन बिनिता गौतम जोशीले गरेकी थिइन् । यसअघि मेलबर्नमा पनि नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले नेपाली महिला क्रिकेटरहरुको छुट्टै टोली निर्मँण गरिसकेको छ ।