डिभिजन 4 मा पुग्न सफल एडीलेड खुकरी फुटबल क्लबलाई ५ हजार डलर सरकारी अनुदान


एडीलेड खुकरी फुटबल क्लबले साउथ अष्ट्रेलिया सरकारबाट एक्टिव क्लब २०१८ अन्तर्गत ५ हजार डलर पुरस्कार प्राप्त गरेको छ। एक कार्यक्रम बीच साउथ अष्ट्रेलियाकी संसद जेन स्टीन्सनले सो पुरस्कार प्रदान गरेकी छन्। २०१३ मा स्थापित क्लबलाई २०१७ बाट नयाँ व्यवस्थापनमा लगिएको र त्यसै वर्षबाट फेडरेसन लिग खेल्न शुरु गरेको तथा छोटों समयमा नै डिभिजन ४ मा पुग्न सफल भएबाट नै यो पुरस्कार प्राप्त गर्ने अवसर मिलेको क्लबका सचिव राजन लामिछानेले बताए । हाल करिब ६० जना खेलाडी रहेको खुकुरी क्लबमा नेपालका ए बी डिभिजन खेलर आएका खेलाडी रहेका क्लबका उपाध्यक्ष रमेश राजभण्डारीले बताए । भर्खरै बूमरैंग दशैकप आयोजना गरेको एकेयफसीले पहिलो हुनेलाइ ४ हजार डलर र दोश्रोलाई एक हजार डलर प्रदान गरिएको थियो । स्मरणीय रहोस बूमरैंग इन्टरन्सनलले खुकुरी क्लबलाई शुरुवाती दिन देखीनै सहयोग गर्दै आएको छ । यसरी सहयोग गर्न पाएकोमा आफुलाइ निकै गर्व महशुस भएको बुमरैंग इन्टरनेस्नलका सिइओ आशीष वाग्लेले बताए । केही महिना अघि ६ बर्ष देखी १२ बर्ष सम्मका २५ जनालाइ तालिम गराएको थियो र तालीम निक्कै राम्रो भएको अभिभावकहरुको प्रतिक्रिया थियो । तालिम दिइएका बालकहरुलाई यस बर्षबाट उनीहरुकै उमेर समूहको लिगमा समावेश गर्ने तयारी रहेको क्लबका अध्यक्ष कुमार पुष्प गुरुडंले बताए । २०१८ सिड्नीमा आयोजना गरिएको ओसेनियास्तरीय स्पोर्टस मिटमा एकेफसी उपविजेता बनेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?