नेपाल घुम्दै आईसीसी वल्र्डकप ट्रफी, भीभीआईपीले मात्र होइन सर्वसाधारणले समेत पाए अवसर


नेपाली खेलाडीले विश्वकप ट्रफी नेपालमै छुन पाएका छन् । नेपाली खेलाडीमात्र होइन, सर्वसाधारणले पनि आईसीसी विश्वकप क्रिकेट ट्रफी छुन र हेर्ने अवसर पाएका छन् । आईसीसी विश्वकप क्रिकेट ट्रफी वल्र्ड टुरका क्रममा गत शुक्रबारदेखि ४ दिनका लागि नेपाल ल्याइपु-याएको हो । नेपालका काठमाडौं र पोखरा गरी ७ ठाउँमा वल्र्डकप क्रिकेट ट्रफी प्रदर्शन गरिसकिएको छ ।
आईसीसीको विशेष सुरक्षामा शुक्रबार नेपाल ओर्लनासाथ ट्रफी स्वयम्भूस्थित विश्वशान्ति स्तुपामा राखिएको थियो । पहिलो दिनको प्रदर्शनमा खेल क्षेत्रमा संलग्न खेलाडी, प्रशिक्षक, पत्रकारसहित विभिन्न तह र तप्पका व्यक्तिले अवलोकन गरेका थिए । दोस्रो दिन भने पर्यटकीय नगरी पोखरा पु¥याइएको थियो । जहाँ पोखरा प्रिमियम लिग (पीपीएल) सञ्चालन भइरहेको छ । पोखरामा भने २ ठाउँमा ट्रफी प्रदर्शन गरियो । शनिबार फेवाताल र पीपीएल सञ्चालन भएको रंगशालामा राखिएको ट्रफीलाई नेपाली क्रिकेट खेलाडीले आत्मसाथ गरेका थिए । 
तेस्रो दिन भने नेपालकी राष्ट्रपतिले आईसीसी विश्वकप ट्रफी उचालिन् । वल्र्ड टुरका क्रममा नेपाल ल्याइएको ट्रफी आइतबार शीतल निवास पु-याइएको हो । राष्ट्रपति भवनमा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम नभए पनि आकस्मिक रुपमा कार्यक्रम तय गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि ट्रफी राष्ट्रपति कार्यालय लगिएको हो ।
ट्रफी सर्वसाधारणका लागि आइतबार साँझ दरबारमार्गमा सार्वजनिक गरिएको थियो । त्यहाँ हजारौं खेलप्रेमीले ट्रफी अवलोकन गरेका थिए । नेपाल टुरको अन्तिम दिन सोमबार काठमाडौंको उत्तरपश्चिमस्थित गढी चन्द्रागिरि पु-याएर प्रदर्शन गरिएको थियो ।  ट्रफीको अन्तिम प्रदर्शनचाहिँ सोमबार अपराह्न बसन्तपुर दरबार स्वायरको डबलीमा राखेर गरिएको थियो । मंगलबार  आईसीसी टोली ट्रफीसहित फर्किदै छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?