राष्ट्र बैंकले ल्यायो नयाँ नियम, विदेश जाँदा १५ सय डलरभन्दा बढीको सटही सुविधा नपाइने


नेपालबाट सार्क क्षेत्रबाहेकका देशमा जाँदा १५ सय डलरको मात्र सटही सुविधा प्राप्त गर्ने नयाँ नियम राष्ट्र बैंकले लागू गरेको छ । वाणिज्य बैंकहरुलाई एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो नियम लगाएको हो । यसअघि २५ सय डलर सटही सुविधा रहेकोमा अब यो १५ सयमा झारिएको छ । राष्ट्र बैंकले जारी गरेको परित्रमा भारतबाहेक अन्य मुलुकमा भ्रमणमा जाने नेपाली नागरिकलाई एक पटकमा १५ सय अमेरिकी डलर वा सो बराबर विदेशी मुद्रा सटही सुविधा दिइनेछ । यस्तै स्थलमार्गबाट तिब्बत वा भारत बाहेकका अन्य देशमा जाँदा ५ सय डलर वा सो बराबरको विदेशी मुद्रा साट्न पाइनेछ । यो नियम निजी भ्रमणमा जाँदा मात्रै लागू गरिएको हो । सरकारी स्वीकृतिका भ्रमणहरुमा यस्तो दायरा लागू हुने छैन भने अध्ययनका लागि विदेश जानेहरुको हकमा शिक्षा मन्त्रालय र राष्ट्र बैंकको स्वीकृतिमा विदेशी मुद्रा पठाउन पाइनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?