श्रीलंकामा सन् २०१५ मा राष्ट्रपतीय निवार्चनको घोषणा
श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्षेले सन् २०१५ मा राष्ट्रपतीय निर्वाचन हुने घोषणा गर्नुभएको छ । राष्ट्रपति राजापाक्षेले सो घोषणा पत्रमा हस्ताक्षर गर्नु भएको राष्ट्रिपति कार्यालयले जनाएको छ । वर्तमान राष्ट्रपति राजापाक्षेले तेस्रो पटक पनि राष्ट्रपति निर्वाचन लड्ने इच्छा प्रकट गर्नु भएको बताइएको छ । यसअघि दुई वर्ष अगाडि उहाँले दोस्रो पटक राष्टपति निर्वाचन जित्नु भएको थियो ।