चम्किँदै क्रिकेटर सन्दीप, आईपीएल सहभागितासँगै एकपछि अर्को सफलता
‘भनिन्छ, सीप छ भने एक मानो खान दुःख हुँदैन ।’ अथवा कुनै पनि क्षेत्रमा राम्रो लगाव लगायो भने विश्वले देख्ने छ । यही कुरा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेमा ठ्याक्कै लागू भएको छ ।
नेपाली क्रिकेटमा चम्किलो ताराका रुपमा परिचित सन्दीपलाई एकपछि अर्को गर्दै सफलताहरु हात लागिरहेका छन् । एक वर्षअघि मात्रै विश्वमै प्रतिष्ठित क्रिकेट टुर्नामेन्ट आईपीएस (इन्डियन प्रिमियम लिग) मा अनुबन्ध उनले त्यसपछिका दिनमा पछाडि फर्केर कहिल्यै हेर्नु परेन । आईपीएलमा नेपालबाट पहिलो सहभागिता जनाएर चर्चामा आएका सन्दीपले त्यसपछि धेरै उपलब्धिहरु हासिल गर्न सके ।
पहिलो सहभागितामै डिल्ली डेयरडेभिल्सका लागि पछिल्लो तीन खेलमा उनी पाँच विकेटको सफल भएका थिए । त्यसपछिका यो एक वर्षमा उनले अस्ट्रेलियन लिन, क्यारेबियन लिगलगायत धेरै लिगमा सहभागिता जनाई फ्रेन्चाइज क्रिकेटमा यी युवा बलरले धेरै उपलब्धी हात पारेका छन् । अब भने उनी पाकिस्तान सुपर लिग (पीसीएल) बाट पनि खेल्ने निश्चित भएको छ ।
यससम्बन्धी अस्ति मंगलबार पाकिस्तानको लाहोर कलन्दर्सले सन्दीपलाई गोल्ड श्रेणीबाट लिएको हो । कलन्दर्सको ड्राफ्टमा सन्दीप गोल्ड श्रेणीमा रहे । लाहोरले पिक वानमै सन्दीपलाई लिएको हो । गोल्डबाट छानिएका खेलाडीले कम्तीमा ५० र बढीमा ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छ । जसअनुसार सन्दीप अब कम्तीमा ५० हजार डलर पारिश्रमिक पाउने छन् । यसबारे अझै भनिएको छैन ।
त्यसो त सन्दीपलाई कति महत्वसाथ लिइएको छ भन्ने कुरा उनी सहभागी टिमका खेलाडीलाई हेर्दा नै थाहा हुन्छ । उनको टिम लाहोरमा दक्षिण अफ्रिकी खेलाडी एबी डी भिलियर्स, न्युजिल्यान्डका कोरे एन्डरसन, कार्लोस ब्रेथवेट, हरिश सोहेल, मोहम्मद हफिज, ब्रेन्डन म्याकलम, एन्टोन डेभसिच, एजाज चिमा, राहत अलीलगायत छन् । गत पीसीएलमा पनि सन्दीप ड्राफ्टमा थिए तर कसैले लिएन ।
पीसीएल फेब्रेअरी १४ देखि मार्च १७ सम्म सञ्चालन हुने छ । सन्दीप बिगबास खेलेर पीसीएल खेल्ने जाने छन् । पीसीएलजस्तै बिगबास पनि उनी पहिलोपल्ट खेल्दै छन् । मेलबर्न स्टार्सबाट बिगबासमा खेल्दा उनले झन्डै ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । उनी यति बेला टी–१० लिग खेल्न यूएई पुगेका छन् ।
अघिल्लो साल आईपीएल खेल्न दिल्ली डेयरडेभिल्समा अनुबन्धित सन्दीप यसपटक पनि सोही टिमबाट खेल्दै छन् । अघिल्लो साला २० हजार डलरमा अनुबन्धित सन्दीपले दिल्लीको अन्तिम ३ खेलमा ५ विकेट लिई आफ्नो बलियो प्रभाव देखाएका थिए । यसपटक भने उनले कति पाउँछन् टिमले बाहिर ल्याएको छैन ।