बडिबिल्डिङमा नेपाललाई स्वर्ण, श्रीमान गम्भीर गीत बजेपछि बबाल


विश्वस्तरको प्रतियोगितामा ऐतिहासिक सफलता

 

१० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेर ऐतिहासिक सफलता प्राप्त गरेको छ । थाइल्यान्डमा १४ डिसेम्बरदेखि सुरु उक्त प्रतियोगिताको ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण हात पारेका हुन् । यस स्पर्धामा नेपालको यो अहिलेसम्मकै ठूलो अन्तर्रा्ष्ट्रिय पदक हो । महर्जनले पदक जितेपछि त्यहाँ नेपालको राष्ट्रिय गान भन्दै श्रीमान गम्भरि गीत बजाइएको थियो । देश गणतन्त्रमा गइसकेपछि अर्को राजसंस्था हेको मुलुकमा यसरी श्रीमान गम्भीर नै बजाइएपछि अहिले यसको विरोध सामाजिक सञ्जालमा भइरहेको छ । यस विषयमा आयोजकले जवाफ दिनुपर्ने माग कतिपयको छ । कतिपय राजावादीहरुले भने यही मौकालाई राजसंस्थाको फर्कने दिन सुरु भएको भन्दै टिप्पणी पनि गरेका छन् ।


उनको समुहमा नेपालसहित १२ मुलुकका बडीबिल्डरले भाग लिएका थिए । यिनै १२ बाट उत्कृष्ठ ५ को छनोट गरिएको थियो । जसमा नेपाल, भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका खेलाडी सहभागी थिए । थाइल्यान्डको लोटस होटलमा शनिबार आयोजित फाइनल स्पर्धामा महर्जन स्वर्ण जित्न सफल भएका हुन् ।
उक्त स्पर्धामा भारतका जयप्रकाश दोस्रो भ एभने भने सिंगापुरका खेलाडी तेस्रो भए । थाइल्यान्ड चौंथो र उज्बेकिस्तानले पाँचौं स्थानमै चित्त बुझाए ।
काठमाडौं छाउनमा स्थायी बसोबास रहेका ३५ वर्षीय महर्जनको यो नै पहिलो सफलता भने होइन । यसअघि पनि उनले भुटानमा सम्पन्न ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा स्वर्ण पदक हात पारेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३ औं संस्करणमा समेत विजेता थिए । यस वर्षको धर्मश्रीमा पनि उनी ७५ केजी समूहका स्वर्ण बिजेता हुन् ।
सामान्य किसान परिवारमा जन्मेका मानन्धरले कक्षा ९ मा पढ्दैदेखि जीम सुरु गरेका थिए । सन् २००५ को दशौं धर्मश्री प्रतियोगितामा पहिलो पटक भाग लिएका थिए । यसै प्रतियोगितामा उनी पाँचौं भए ।
१० औं विश्व बडीविल्डिङ फिजिक स्पोटर््स च्याम्पियनसीपमा नेपालबाट मानन्धसहित दुई खेलाडीले भाग लिएका थिए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा बिमल श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । उनी ७ राष्ट्रको समुहमा चौंथो भए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा सुगठित शरीरका साथसाथै खेलाडीको समग्र लुक्स र हाउभाउ पनि हेरिन्छ । एक प्रकारले यसलाई ‘ह्यान्डसम प्रतियोगिता’ पनि भन्न सकिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?