अष्ट्रेलियामा रमाउनुस् तर सावधानीका साथ, सडक र पानीमा विशेष सतर्कता आवश्यक
यतिबेला नयाँ वर्ष २०१९ लाई स्वागत गर्नका लागि अष्ट्रेलिया लगभग तयार भएको छ । नयाँ वर्षको मात्र होइन त्यसअघिको लामो बिदा क्रिसमसको तयारीमा सबैजना जुटिरहँदा कोही क्याम्पींग, कोही लंग ड्रईभ त कोही समुद्रका किनाराहरुमा रमाइलो गर्दैछन् । यो स्वाभाविक हो कि यस्तो लामो बिदाको समयमा कतै टाढा साथीभाईसँग जानु रमाइलो गर्नु । तर, नेपाली समूदायले यस्तै लामो बिदाहरुमा विगतमा धेरै दुखद घटना व्यहोर्नु परेको छ । आफ्नो समूदायका होनहार सदस्यहरु गुमाउनु परेको छ । त्यसैले अष्ट्रेलियाको यो लामो बिदामा पानीमा जाँदा विशेष सावधानी अपनाउनु आवश्यक छ । हुनत पानीमा जानका लागि सधै चनाखो हुनुपर्छ, सडकमा गाडी चलाउँदा पनि निशिचत नियममा बस्नैपर्छ । तर, यस्ता चाडवाडका बेला सबैजना मस्तीकै मुडमा हुने भएकोले अझ बढी थप सावधानी आव्श्यक परेको हो ।
पानीमा सावधानी
- पानीमा मादक पदार्थ सेवन गरेर कहिल्यै पनि नजानुस् ।
- एक्लै समुद्रको किनारामा पुगेर पानीसँग खेल्ने चेष्टा नगर्नुस्
- सकेसम्म लाईफ गार्डहरु भएको क्षेत्रमा मात्र पानीमा जानुहोस्
- बाहिरबाट शान्त देखिएको समुद्रको पानीमा भित्री छाल हुनसक्छ सावधान रहनुस् ।
- पौडी खेल्न आउँदैन भने समुद्रको पानीमा जाँदै नजानुस् ।
- कुनै घटना भएको देखेका तत्कालै आकस्मिक सेवामा फोन गर्नुहोस् । मद्दत माग्नुहोस् ।
सडकमा सावधानी
- सडक नियमको सदैव पालना गर्नुहोस्
- मादक पदार्थ सेवन गरेर गाडी चलाउनु गैरकानूनी हो ।
- एकैजनाले धेरै लामो समयसम्म ड्रईभ नगर्नुहोस्
- ओभरटेक गर्दा या तिव्र गतिमा चलाउँदा लेन अनुशासन मान्नुोसे
- लामो दूरीमा यात्रा गर्दा र फर्कदा बिचमा रेष्ट एरियामा केहबिेर आराम गरेर फेरि यात्रा सुरु गर्ने बानी राम्रो हो ।
- स्पीड क्यामेरा छैन भन्दै उच्च गतिमा गाडी नदौडाउनुहोस् ।
यी सावधानीका उपायहरु सधैका लागि हुन् । तर, यस्तो चाडवाडको बेला विशेष ध्यान दिन सकेमा हामीले खुशीमा दुखद क्षणको सामना गर्न पर्दैन । यसैकारण आउनुहोस् हामी अष्ट्रेलियामा बिदाको सदुपयोग गरौं, रमाउँ तर जिम्मेवार बनेर ।