एकेफसीले खेलाडीहरुलाई सम्मान गर्ने, युथहरुलाई तालिम


– रमन अधिकारी, एडिलेड

एडिलेड खुकुरी फुटवल क्लवले २०१८ साल भरी उत्कृष्ट खेल खेल्ने खेलाडीहरुलाई सम्मान यही आउदो डिसेम्बर २९ तारिख शनिवारका दिन गर्ने भएको छ।”प्रेजेन्टेसन नाइट” नाम दिइएको उक्त कार्यक्रम स्थानीय नेपाली रेस्टुरेन्ट टेस्ट ऑफ़ हिमालयमा गरिने क्लव सचिव राजन लामिछानेले बताए।

२०१३ सालमा स्थापित एकेफसीले २०१७ मा छरिएर रहेका नेपाली फुटबल क्लवहरुलाई गोलबन्द गर्दै अगाडी बढेको छ। यसैको परिणामस्वरूप केही महिना अघिमात्र साउथ आस्ट्रेलिया एकेफसी इतिहास रच्दै फुटबलमा डिभीजन ४ मा पुग्न सफल भएको थियो। खेलाडीको कडा मिहिनेत र एडिलेडमा रहेका विभिन्न संघ संस्था साथै नेपाली समुदायको माया र स्थानीय मानिसहरुको सद्भाभाव नै सफलताको कारण रहेको लामिछानेले बताए । 

५००० डलर धनराशि सहितको सफल दशै कपको आयोजना गर्नुले यो नेपाली माझ मात्र नभएर अरु समुदायमा पनि आफूलाई परिचित गराउन सफल भएको छ, ओशियान प्रतियोगितामा उपविजेता हुनुले एडिलेमा नेपालीहरुले स्थापित गरेको क्लव अस्ट्रेलिया भरिका नेपाली फुटवल क्लवमा उभ्याउन सफल भएको छ । यति मात्र रोकिएको छैन एकेफसी दोश्रो जेनेरेशको लागी खेलाडीहरु उत्पादन गर्न विगत बर्षबाटनै ६ बर्ष देखि १२ बर्ष सम्मको बाल बालिकाहरुलाई तालिम दिदै आएको छ भने यस बर्षबाट ४० जनालाई यो किसिमको तालिम १० हप्ता सम्म दिइने क्लवका सचिव लामिछानेले निकै उत्साहका साथ हामीलाई बताए । बिगतमा नेपालमा गएको बाढीबाट पिडित भएकालाई केही रक़म सहयोग गरेको क्लवले आगामी दिनमा सामाजिक क्षेत्रमा पनि अघि बढ़ने उनले योजना रहेको सुनाए । एकेफसीले यही आउदो जनबरी ३० तारिखमा साधारण सभा गर्ने तय भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?