बिग बास लिग : सन्दिपले लिए फेरि विकेट, सात विकेटले जित्यो मेलबर्न स्टार्स (with Video)


सन्दिपको उत्साह भर्न हजारौं समर्थक स्टेडियममा

अष्ट्रेलियाको सबैभन्दा ठूलो क्रिकेट ग्राउन्ड मेलबर्न क्रिकेट ग्राउन्डमा नेपाली झण्डा दिउँसैदेखि फहराउन थाल्यो । खासमा सन्दिप लामछिानेको टिम मेलबर्न स्टार्सको पहिलो होम ग्राउन्ड गेम भइरहेको थियो यहाँ । दिउँसो २ बजदेखि नै गेट खुलेको थियोे भने नेपाली समर्थकहरु साँझ ७ बजेको गेमका लािग छिट्टै नै मैदानमा पुगे । नेपालीहरुको लागि सहुलियतमा एक हजार टिकट मेलबर्न स्टार क्लबले उपलब्ध गराएको थियो । २५ डलर राशीको यो टिकट एक दिन अघि नै बिक्री भइसकेको थियो । 

यसपछि अन्य ठाउँमा बसेर हेर्ने समर्थकसहित पूरै स्टेडियममा ४६ हजार दर्शक अटाएका थिए । एक लाख क्षमताको स्टेडियममा पुगेका नेपाली समर्थकहरुले सन्दिप लामिछानेको समर्थन मात्र गरेनन् नेपाली झण्डा फहराउँदै, गौतम बुद्धको पनि प्रचार गरे । मेलबर्न क्रिकेट ग्राउण्डमा पहिलो पटक नेपाली झण्डा फहराउन पुग्यो । यसअघि क्रिकेटको समर्थनमा जाँदा नेपाली झण्डासहित प्रशंसक पुगेका भएपनि यस पटक भने उनीहरु एक नेपाली क्रिकेट खेलाडीलाई चियर गरिरहेका थिए । मेलबर्न रेनेगेड्स विरुद्ध उभिएको स्टारले पहिले फिल्डिंग पाएको थियो । उसले १ सय ४९ रनको लक्ष्य पाएको थियो । १ सय ४८ रनमा समेट्ने क्रममा स्टार लेग स्पीनर सन्दिपले एक विकेट लिए । 

उनले खेल्दा पूरै स्टेडियममा नेपाली दर्शकहरुले सन्दिप सन्दिपको हुटिंग गरेका थिए । यसै क्रममा लाईभमा नोपली क्रिकेटका क्याप्टेन पारस खड्काको अन्तर्वार्ता भयो । परस खड्काले कसरी सन्दिपले खेल्ने सुरुवात गरेका थिए भनेर पूर्वप्रशिक्षक पुबुदुको उदाहरण दिए । यो अवसर नेपालीहरुको लािग उत्कृष्ट भएको भन्दै अझै धेरै सन्दिप लामिछानेहरुका निम्ति यसले बाटो खोलिदिएको समेत बताए । सन्दिप लामिछानेको प्रशंसकहरु देखेर यहाँका स्थानीय मिडियाहरु छक्क परेका छन् । उनको अहिलेसम्मको प्रदर्शन उत्कृष्ट रहेको छ ।

आजको खेलमा मेलबर्न स्टारले खेल ७ विकेटले जितेको थियो । खेलपछि सन्दिपले नेपाली प्रशंसकहरु रहेको ठाउँमा आएर आफ्नो अटोग्राफ मात्र दिएनन् उनीहरुसँग छोटो अन्तरक्रिया समेत गरे ।

Sandeep took wicket

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?