अमेरिकी र इरानी विदेशमन्त्री भेट्दै
अमेरिकी विदेशमन्त्री जोन केरी र इरानी विदेशमन्त्री मोहम्मद जवाद जारिफबीच भेटवार्ता हुने भएको छ । शनिबार भियनामा उहाँहरुबीच भेटवार्ता हुन लागेको समाचारमा जनाइएको छ । उहाँहरुबीच लामो समयपछि यो पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । इरानसँग दुई दिनपछि विश्वका शक्ति राष्ट्रबीच आणविक वार्ता हुन लागेको छ । सो वार्ताको दुई दिनअघि नै उहाँहरुबीच यो वार्ता हुन लागेको हो । अमेरिकी विदेशमन्त्रीले शनिबारै अपरान्ह जर्मन विदेशमन्त्री तथा युरोपेली युनियनका पूर्व विदेशमन्त्री प्रमुखसँग पनि भेटवार्ता गर्नुहुने छ । उहाँले ती भेटहरु भियनामा गर्न लाग्नुभएको छ । भियनामा उहाँहरुका बीच हुन लागेको सो भेटअघि प्रतिक्रिया दिँदै उक्त भेटबाट पछिल्ला समयमा बढ्दै गएको दुरी घटाउन सघाउने बताउनुभयो । विदेशमन्त्री केरीले भन्नुभयो– हामीले निकै कडा मेहनेत गरिरहेका छौं, हेरौँ यस पटकको वार्ताबाट केही प्रगति हात लाग्नसक्छ । तर पछिल्ला समयमा इरानसँगको वार्ताका लागि दुरी कमगर्नुपर्नेमा त्यसो हुन नसकिरहेकोमा आफ्नो बढी चासो रहेको उहाँले बताउनुभयो ।