राजीनामा दिन नमानेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त


अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा सरकारले फिर्ता बोलाएको छ आफ्नै चालकले आर्थिक अयिमितता गरेको आरोप लगाए पछि सरकारले छानविनका लागि भन्दै उनलाई काठमाडौं बोलाएको थियो उनी काठमाडौं पुगे लगत्तै उनका श्रीमान न्वांग सोनाम शेर्पालाई समेत सरकारले स्पष्टीकरणका लागि काठमाडौं नै बोलाएको थियो मन्त्रालयले यस विषयमा छानविन गर्नका लागि गठित टोली समक्ष आफ्ना भनाई लिखित र मौखिक रुपमा राखेकी राजदूत लक्की शेर्पालाई कायम राख्दा यसले अन्तर्राष्ट्रिय तहमा छवि राम्रो नहुने ठहर गर्दै परराष्ट्र मन्त्रालयले राजीनामा दिन सुझाएको थियो [quote by=”MNTV AUSTRALIA”]निष्कर्शमा यत्ति भन्न सकिन्छ, नजिकका व्यक्तिको घात, हठी र अपारदर्शी स्वभाव अनि अदूरदर्शी सल्लाहकारहरुको कारण अपमानित तवरमा हट्न पुगिन् राजदूत लक्की शेर्पा [/quote]राजदूत शेर्पाले आफुले राजीनामा नदिने बरु यो विषय अन्तर्राष्ट्रिय अदालतसम्म लैजाने बताएपछि सरकारले बर्खास्त गर्ने निर्णय गरेको हो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो उनलाई लागेको आरोपमा सरकारको छानविन र ठम्याई के हो भन्ने कुरा आइसकेको छैन

सक्रिय थिइन् राजदूत

अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएपछि करिब डेढ वर्ष अघि यहाँ आएकी राजदूत शेर्पा निकै सक्रिय थिइन् उनले दुईपक्षीय सम्बन्धलाई बलियो बनाउनका लागि आफ्नो सक्रियतालाई सदुपयोग गरेकी थियन् यहाँको विदेशमन्त्रीसँग सिधै सम्पर्क समेत बनाउन सफल उनले नेपालमा अष्ट्रेलियाबाट उच्चस्तरीय भ्रमण गराउने आफ्नो पहिलो एजेन्डा रहेको बताउँदै आएकी थिइन् नेपाली समूदायका हरेक कार्यक्रममा उपस्थित हुने राजदूत शेर्पाले एक वर्षकै अवधिमा दूतावासमा टेलिफोन उठ्दैन भन्ने समस्यालाई समाधान गर्दै दूतावास भवनका लागि जग्गा खरिद गर्ने कार्यलाई पनि निष्कर्शमा पर्याएकी थिइन्

यस्तै आफ्नै कार्यकालमा दूतावास भवन निर्माण गरिसक्ने लक्ष्यका साथ उनले यसको नक्सा पारित गर्ने, आवश्यक बजेटको व्यवस्था गर्ने लगायतका काम गरेकी थिइन् न्यूजिल्याण्डको लागि गैरआवासीय राजदूत समेत रेकी उनले पहिलो पटक खुला स्थानमा नेपाल फेष्टिभल आयोजना गर्न सहयोग गरेकी थिइन् उनलाई सुरुमा स्वागत गर्दाखेरी जुन रौनक र उत्साह अष्ट्रेलिया र न्यूजिल्याण्डमा देखिएको थियो त्यसलाई तिव्रताका साथ अघि लैजादै राजदूत शेर्पाले दुईपक्षीय सरकारी संयन्त्र निर्माण गर्नुका साथै यसको बैठक काठमाडौंमा समेत गराउने सफलता पाएकी थिइन् यहाँको सांसदहरु सम्मिलित अष्ट्रेलिया नेपाल सहयोग समूह पनि उनले निर्माण गरिन् यस्तै नेपाल र अष्ट्रेलियाबिच हवाई नेपाल वायुसेवा निगमको हवाई सेवा सञ्चालन हुनुपर्छ भन्ने अभिप्रायले लविंगमा समेत व्यस्त थिइन् नेपाल डे नामाकरण गरी दूतावासले अष्ट्रेलियाको नेपाली समूदायलाई योगदान दिने स्वदेशी र विदेशीलाई सम्मान गर्ने परम्पराको समेत उनले थालनी गरेकी थिइन् यस्तै पछिल्लो पटक राजदूत शेर्पाले जर्नी टु नेपाल नामक अभियान मार्फत अष्ट्रेलिायबाट नेपालमा लगानी लैजाने, पर्यटन प्रबद्र्धन गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेकी थिइन्  

कहाँ चुकिन् उनी

राजदूत लक्की शेर्पाले राजदूतको रुपमा आफैंसँग आफ्नो लागि अधोगतिको कारण पनि लिएर आएकी थिइन् उनको ड्राईभर वांग्छु शेर्पाले अष्ट्रेलियामा आउँदादेखि नै उनलाई तनाव दियो निजले आफुलाई कम तलबमा काम गराइएको भनेर यहाँको परराष्ट्र मन्त्रालय, श्रम विभागमा उजुरी मात्र गरेन पछिल्लो समय राजदूत शेर्पाको श्रीमान मार्फत ३३ लाख रुपैयाँ बुझाएर आएको आरोप लगाएको थियो यस्तै आफ्नी श्रीमतीलाई समेत कामदारको लागि यहाँ ल्याउन सिफारिश गराउन सफल बनेको वांग्छुले त्यसका लागि समेत राजदूत शेर्पाले पैसा मागेको बताएका थिए एमएनटीभीसँगको अन्तर्वार्तामा उनले आफुलाई यो कुरा बाहिर नलैजानका लागि प्रलोभन आएको समेत बताएका थिए । 
राजदूत शेर्पालेदूतावासबाट एक कर्मचारी बाहिरिएकोसूचना अष्ट्रेलियाको समूदाय र मिडियालाई एक वर्षअघि नै दिएको भए शायद यो दृश्य फरक पनि हुन सक्थ्यो यस्तै यो आरोप लाग्ने वित्तिकै उनले आफ्ना कुराहरु स्पष्ट पार्नका लागि पारदर्शी ढंगले आफुलाई उभ्याएको भए आजको स्थिति नआउन पनि सक्थ्यो तर, उनले यस विषयमा खासै चासो दिएको पाइएन यहीँनेर चुकिन् उनी

अर्कोतर्फ, राजनीतिक नियुक्तिबाट राजदूत बनेकी शेर्पाले अष्ट्रेलिया आएपछि प्रतिष्ठित व्यक्तिहरुसँग सम्पर्क बढाउने तर आफैंलाई सिफारिश गर्ने संस्थाका सदस्यहरुलाई भने बेवास्ता गर्ने गरेको पनि आरोप लागेको थियो केही प्रवासी संगठनले अब फर्किएर आउँदा उनलाई अष्ट्रेलियामा काम गर्न अप्ठेरो हुने आशय सहितको पत्र आफ्ना निकायहरुमा पठाएका थिए

विपक्षी दल नेपाली काँग्रेसको प्रवासी संगठनले उनको विरोध गर्दै उनी सहभागी हुने कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको थियो नेपालमा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वक्तव्य नै निकालेर राजदूत शेर्पामाथि छानविनको माग गरेका थिए
निष्कर्शमा यत्ति भन्न सकिन्छ, नजिकका व्यक्तिको घात, हठी र अपारदर्शी स्वभाव अनि अदूरदर्शी सल्लाहकारहरुको कारण अपमानित तवरमा हट्न पुगिन् राजदूत लक्की शेर्पा

हेर्नुहोस् वांग्छु शेर्पाले राजदूत शेर्पामाथि लगाएको आरोपको यो अन्तर्वार्

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?