उल्टो हिंडेर माउन्ट कोजीयन्को चढेको भिडियो गिनिज बुकमा पठाइने
अष्ट्रेलियाको सबैभन्दा उँचो शिखर माउन्ट कोजीयस्को उल्टो पाइलाले चढेर नेपाली युवा सञ्जय पण्डितले विश्व कीर्तिमान बनाएको दाबी गरेका छन् । उनले आपूmले हिमाल उल्टो दिशातर्फबाट हिंडेर चढेको भिडियोसहित केही फोटाहरु पनि गिनिज बुक अफ वल्र्ड रेकर्डसमा पठाउने जानकारी दिएका छन् । पण्डितसँगै उच्च शिखरमा पुगेर फर्किएका पत्रकार हेमन्त काफ्लेका अनुसार सञ्जयले ५ घण्टा ४५ मिनेटमा हिमाल चढ्ने सफलता पाएका हुन् । करिब ६ घण्टाको यो यात्रापछि चुचुरोमा नेपाली झण्डा फहराउँदा उनीसँगै पुगेका अष्ट्रेलियाका नेपालीहरु हर्षविभोर भएका थिए । विश्वको सातवटै महादेशका अग्ला हिमाल चढेर सेभेन समिटरको उपधिका लागि पनि सञ्जयले प्रयत्न गर्नेछन् । यसपछि अमेरिकाको डेनाली आरोहणका निम्ति जाने सञ्जयले प्रतिक्रिया दिएका छन् ।