अष्ट्रेलियामा रहेका गोर्खालीहरु एकत्रित बन्दै, सामाजिक कार्य गर्न गोरखाली समाज गठन


gorkhali samajगोरखा जिल्ला स्थायी घर भई अष्ट्रेलियाका विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरु मिलेर गोरखा समाज अष्ट्रेलियाको निर्माण गर्ने योजना बनाएका छन् । यसका लागि प्रकाश बस्ताकोटीको संयोजकत्वा एक तदर्थ समिति निर्माण गरिएको छ । सिड्नीको एसफिल्ड पार्कमा गोर्खालीहरुको भेलाले यो समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा शिव बञ्जारा, सञ्जित श्रेष्ठ, ईश्वर दाहाल र ध्रुव पोखरेल रहनुभएको छ । यस्तै अन्य सदस्यहरुमा आनन्द श्रेष्ठ, कृष्ण भट्टराई, जयबाबु श्रेष्ठ, अमर श्रेष्ठ, सुरेन्द्र दबाडी, राजु पोखरेल, निरज जोशी, अनिल पाण्डे र आशिष श्रेष्ठ रहनुभएको छ । राजनीतिबाट मुक्त रही आपसी सद्भाव, भाइचारा र एक अर्कालाई पर्नसक्ने सहयोगको माध्यम बन्ने लक्ष्य समाजले लिएको संयोजक प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो । समाजले आगामी डिसेम्बर ६ तारिखका दिन साँझ ६ बजे एसफिल्ड पार्कमा नै अर्को भेलाको आयोजना गरेर दीर्घकालीन रणनीति निर्माण गर्दै अघि बढ्ने जानकारी पनि उहाँले दिनुभएको छ । स्मरणीय छ, मृत मुटुको प्रत्यारोपण गरेर विश्वभर चर्चित बन्नुभएका अष्ट्रेलिया निवासी डा. कुमुद धिताल पनि गोरखा जिल्लाकै बासिन्दा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?