नेपाली क्रिकेटर सन्दिप लामिछाने आईपीएलमा, क्रिस गेललाई आउट गर्न सफल
नेपाली क्रिकेटर सन्दिप लामिछाने यतिबेला आईपीएलमा आफ्नो भाग्य चम्काइरहेका छन् । उनको खेलको जति प्रशंसा हुन्छ त्यति नै उनले आफ्नो कलालाई निखार्दै लगेका छन् । शनिबारको खेलमा पञ्जावविरुद्ध दिल्लीलाई पहिलो ओभरमै सफलता दिलाएका सन्दीप लामिछानेले तेश्रो ओभरमा दुई विकेट हात पारेका छन्।
आफ्नो तेश्रो ओभरमा क्रिस गेल र सम कुरानलाई आउट गरेका हुन्। तेश्रो ओभरको दोश्रो बलमा ३७ बल खेल्दै ६९ रन बनाएका गेललाई आउट गरेका सन्दीपले यहि ओभरको अन्तिम बलमा कुरानलाई पनि आउट गरे।कुरानलाई शून्य रनमा आउट गरेका हुन्।
त्यसअघि केएल राहुललाई व्यक्तिगत १२ रनमा आउट गराएका थिए। टस जितेर दिल्लीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पञ्जावले १४ ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा एक सय ११ रन बनाएको छ।
सम्मान ९ खेलमा १० अंक जोडेको दिल्ली तेश्रो र पञ्जाव चौथो स्थानमा छ। तेश्रो स्थानमा कायम रहन दिल्लीलाई शनिबारको खेल जित्नै पर्ने हुन्छ भने, पञ्जाव विजयी भए तेश्रो स्थानमा पुग्नेछ।