मेलबर्नको फलफुल र तरकारी पसलमा कामदारलाई कम तलब दिएपछि लाखौं जरिवाना
मेलबर्नको पूर्वी क्षेत्रमा रहेका तरकारी, फलफुल पसलमा काम गर्ने कामदारलाई कम तलब दिएको पाइएपछि जरिवाना गरिएको छ । फेडरल सर्किट कोर्डले ए एण्ड एस होलसेल फ्रुट एण्ड भेजिटेबल प्राईभेट लिमिटेड र यसका दुई शाखाहरुमा अनुसन्धान गर्दा कम तलबमा काम गराएको पाइएको थियो । दुई वर्षको अवधिमा तीजना कामदारलाई दिनुपर्ने १ लाख ३३ हजार नदिएको पाइएपछि यस्तो जरिवाना गरेको हो । सन् २०१२ देखि २०१४ को बिचमा क्रिन्साईड पार्क, फाउन्टेन गेट, पार्कमोर र डेन्डिनोङमा रहेका पसलहरुमा उनीहरुले काम गरेका थिए । तीनजनालाई प्रतिघण्टा १० डलरदेखि १८ डलरसम्म दिएको भेटिएको थियो भने अन्य दुईजनालाई खातामा नदेखाई रकम दिएको पाइएको थियो । उक्त कम्पनीलाई २ लाख डलर जरिवाना गरिएको छ भने यसका निर्देशक स्टेफन फानोसलाई ३० हजार डलर तिराइएको छ । अर्कोतर्फ, कम्पनीका मेनेजर ईथरा लुईलाई १३ हजार डलर जरिवाना गरिएको छ । सञ्चालक फानोसले सञ्चालन गरेका सबैजसो कम्पनीमा यस्तैखाले घोटाला भएको पाइएको छ । जज जोन ओसिल्भानले भने, “कम्पनीको काम गराई निकै चिन्ताजनक छ ।”
फेयर वक्र्स एम्बुडसमेन्टले कम्पनीमा दुई खाले खाता बनाएर कामदारलाई कम पैसा दिने र खातामा बढी पैसा तिरेको देखाउने गरिएको जनाएको छ । न्यायाधीशले काम गरेको समयको पूरै रकम कामदारलाई दिन पनि आदेश दिएको छ ।