जपान अध्ययनका लागि पुगेका भक्तपुरका बुद्धराम किसी जीवन मरणको दोसाँधमा
सुन्दर भविष्य साँचेर जपान पुगेका एक भक्तपुरे युवा यतिबेला मृत्यु र जीवनको दोसाँधमा संघर्ष गरिरहेका छन् । टाउको दुख्ने समस्याबाट पीडित बनेका भक्तपुर गोल्मढीका बुद्धराम किसीलाई अस्पताल भर्ना गर्दा डाक्टरहरुले दिमागमा रगत जमिसकेको भन्दै बचाउन निकै कठीन रहेको जानकारी दिएका छन् । भाषा अध्ययनका लागि अप्रिल सेसनबाट उनी टोक्यो सिन्जुकुमा रहेको टोक्यो विश्व भाषा विद्यालयमा पढिरहेका थिए । आफन्त जपानमा थिएनन् अस्पतालले जानकारी गराएपछि यतिबेला उनका भिनाजु शिवराज तुईतुई जपान पुगेका छन् । डाक्टरले यतिबेला उनको अपरेशन गर्न मानिरहेका छैनन् । किनकि चिकित्साविज्ञानमा उनको उपचार असम्भव रहेको उनीहरुको निष्कर्श छ । तर, अझै पनि परिवारजन अस्पतालसँग सल्लाह गरी कसरी सकारात्मक परिणाम निकाल्न सकिन्छ भनेर प्रयत्नरत रहेको जनाइएको छ ।