पारस शाहबाट विमानस्थलमा प्रहरीमाथि दुव्र्यवहार (Watch Video)
ड्युटीमा रहेका प्रहरीलाई उनको कर्तव्य पालनमा अवरोध गर्न अपराध नै हो । घटना विमानस्थलको हो । भीभीआईपी कक्षको प्रवेशद्वारमा खटिएका एक प्रहरी अधिकारीलाई दुव्र्यवहार गरेका हुन् । उनी ठूलै जमातसहित आफ्नी आमा कोमललाई बिदाई गर्नको लागि विमानस्थलमा पुगेका थिए । यसक्रममा राजावादीहरुले राजा आउ देश बचाउ लगायतका नाराबाजी गर्ने भीडभाड गर्ने क्रम पनि चलिरहेकै थियो । भीभीआईपी कक्षमा प्रवेश गर्नका लागि भीभीआईपीहरुको लागि त सहज हुन्छ तर उनीहरुसँगै जाने अन्य व्यक्तिहरुले भने प्रवेश पास लिनुपर्ने हुन्छ । यही पास नलगाईकनै पारसले भटाभट छोरा हृदयेन्द्र, भान्जा भान्जी लगायतलाई भीआईपी कक्षमा प्रवेश गराइरहेका थिए । प्रहरीलाई कर्नरमा पारेर उनी ढोकैमा बसेर सबैलाई भित्र छिराउँदै गर्दा निज प्रहरीले पास छ कि छैन हेर्न खोज्दा पारसले रिसाएर उनको छाती समाउँदै धकेलेका थिए । यो धकेलाईपछि ति प्रहरीले कुनै प्रतिवाद त गरेनन् तर आफ्नो ड्युटीलाई कायम राख्दै उनी ढोकाबाट अन्य व्यक्ति आउन नपाउन् भन्ने हेतुले सुरक्षित गर्नतर्फ लाग्छन् । तर, पारस शाह यतिमै मात्र रोकिँदैनन् । अर्को गेटमा पुगिसकेपछि पनि फर्किदै आएर फेरि प्रहरीलाई झम्टिन्छन् । सुरक्षाकर्मीको पूर्वसतर्कतालाई नमान्दा नै यसअघि दरबारमा त्यत्रो काण्ड घटिसकेपछि वंश विनास नै भइसकेपछि पनि अझै सुरक्षाकर्मीहरुलाई मात्र वुख्याचा ठान्ने र सुरक्षाका कुनैपनि पूर्वसावधानीहरुलाई नमान्ने पूर्वराजपरिवारको प्रवृत्ति यहाँ देखिएको धेरैले टिप्पणी गरेका छन् । विमानस्थल जस्तो सम्वेदनशील ठाउँमा खटिएको प्रहरीलाई गरिएको दुव्र्यवहारले धेरै प्रश्न उठाएपनि यसको जवाफ भने आउने देखिँदैन । प्रहरी संगठनमा त्यति ठूलो छाति भएकाहरु पनि छैनन् जसले एउटा सानो तहको कर्मचारीमाथि दुव्र्यवहार हुँदा त्यसको जवाफ भीाईपीसँग माग्न सकोस् । यस्तो छ भिडियो