द राईजिंग स्टार गोर्खा ‘ एम्बेसि कप २०१९’ को बिजेता 


द राईजिंग स्टार गोर्खा अष्ट्रेलियाको राजधानी क्यान्वेरामा आयोजित एम्बेसि कप २०१९ को बिजेता हुन सफल भएको छ ।
क्यान्वेराको अष्ट्रेलियन ईन्स्टीच्युट अफ स्पोर्ट्स को खेल मैदानमा शनिवार र आईतवार आयोजित खेलमा एडिलेड, क्यान्वेरा, सिड्नी,अल्वेरी र मेलवर्नका १६ टिमहरुले सहभागिता जनाएका थिए । क्यान्वेरा नेप्लिज फुटबल क्लबको आयोजनामा आईतवार  २२ सेप्टेम्बरमा भएको फ़ाइनल चरणको खेल दि राइजिगं स्टार गोर्खा र वेष्ट यूनाइटेड बीच भएको थियो । निर्धारित चालीस मिनेटको खेलमा दुबै तर्फबाट गोल हुन नसके पछी दस मिनेट समय थप गरिएको र उक्त थप समयमा पनि कुनै टिमले गोल गर्न नसक्दा पेनाल्टीमा पुगी अनन्तः द राईजिंग स्टारलाई जित हात लागेको थियो ।त्यसै गरि पैंतीस वर्ष माथी उमेर समूहको खेलमा सिड्नी मेलवर्न अल स्टार पहिलो र सेण्ट जोर्ज नेपलिज क्लव दोस्रो भएका थिए । 
बिजयी टिम र खेलाडीहरुलाई विषेश अतिथि अष्ट्रेलियन क्यापीटल टेरिटोरी सरकारका बहु सांस्कृतिक छायाँ मन्त्रि एलिजाबेथ किक्कर्ट  तथा मुख्य अतिथि नेपाली दुतावास क्यानवेरा का कार्यबाहक राजदूत दुरपदा सापकोटा द्वारा  पदक, प्रमाण पत्र र सिल्ड उपहार प्रदान गरिएको थियो l पहिलो हुने टिम लाई अष्ट्रेलियन डलर ४५०० र दोश्रो हुने लाई अष्ट्रेलियन डलर २००० अनि शिल्ड पुरस्कार तथा खेलाडीहरुलाई  प्रमाणपत्र र मेडलद्वारा सम्मानित गरिएको थियो l
कार्यक्रममा फूटबल फेडरेसन अष्ट्रेलियाका रिकार्डो पिस्सिओनि को पनि उपस्थिति रहेको थियो उनले केहि उत्कृष्ठ खेलाडी हरुलाई क्यानवेरामा १० अक्टोवरमा हुन गईरहेको विश्व कप २०२२ कतार छनौट खेलको टिकट बितरण गरेका  थिए । 
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?