करोडौं ठग्ने बैंकको कार्ड विभागका कर्मचारी पक्राउ
नेपाल प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाले हिमालयन बैंक ठगी गरेको अभियोगमा अनिशभक्त सुवाल डङ्गोल पक्राउ परेका छन् । सो बैंकमा सहायक प्रबन्धकका रूपमा कार्यरत डङ्गोलले अनियमित तवरले क्रेडिट र डेबिट कार्ड बनाई पटक पटक रु पाँच करोड ७५ लाख ४८ हजार २५० झिकेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । डङ्गोललाई आइतबार बाँके कारकाँदो ५ विमानस्थल सडक क्षेत्रबाट पक्राउ गरी आजै बाठमाडौँ ल्याइएको र थप कारबाहीका लागि महानगरीय प्रहरी प्रभाव काठमाडौँमा बुझाइएको छ । विसं २०६१–६९तिर सो बैंकमा सहायक प्रबन्धकका रूपमा कार्यरत डङ्गोलले पदको दुरूपयोग गरी गैरकानुनी रूपमा बैंकको रकम झिक्ने गरेका थिए ।