धपक्कै बलेको काठमाडौं झिलीमिली, यस्तो शहरमा तिहारमा पनि हुन्थ्यो लोडसेडिंग


आज फर्किएर हेर्दा काठमाडौं उपत्यकासहित प्रमुख शहरहरु कुनै समय अन्धकारमा हुन्थे भन्ने कुरा पत्याउन गाह्रो हुन्छ । तर, तिहार जस्तो प्रमुख चाडवाडमा पनि कुनै भाग झिलीमली कतै अन्धकारको अवस्था थियो । तर, अहिले परिस्थिति फेरिएको छ । कुलमानका कारण देशले नयाँ उज्यालो पाएको छ । राजनीतिक बृत्तले पनि उनलाई दिएको साथको प्रशंसा गर्नैपर्छ । हामीले लोडसेडिंग त अन्त्य गर्यौं । तर, यसमा संलग्नहरुको खोजी, तिनलाई कारवाही भने गर्न पाएका छैनौं । यदि कारवाही नगर्ने हो भने यस्तो जघन्य अपराध अन्य क्षेत्रमा पनि भइरहेको छैन भन्ने आधार के त ? खैर यी भए तीता कुरा । तर, वर्तमान निकै उज्यालो देखिन्छ । हिन्दू धर्मावलम्बीहरुको दोश्रो महान पर्व तिहारको रौनकले उल्लास थपेको छ । लक्ष्मीपूजामा घरघरमा लक्ष्मीको पुजा बत्तिको उज्यालो बालेर आराधना गरि मनाइएको कारण काठमाडौं शहर झिलिमिलि बनेको छ । लक्ष्मीपुजालाई दीपावलीको साँझको रुपमा समेत मनाइन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?