नितेशको नयाँ अभियान, सर्टमुभी धागोका लागि सात दिनमै ५० प्रतिशत भन्दा बढी सहयोग संकलन
नेपाली चलचित्रका आसलाग्दा कलाकार, निर्देशक नितेषराज पन्त यतिबेला डार्विनमा छन् । उनले चलचित्र क्षेत्र छोडेको एक दशकभन्दा बढी भइसकेको छ । हिजो आजका कुरा लगायत केही चलचित्र पनि निर्देशन गरेका नितेशको सबैभन्दा सफल प्रोजेक्ट नै क्याटमाण्डू थियो । यसमा काठमाडौंका युवाहरुको कथा समेटिएको थियो र नेपाल टेलिभिजनमा प्रसारित यो श्रृंखला अत्यधिक रुचाइएको थियो । निकै समय अघि उनी अष्ट्रेलिया आए । यहाँ अध्ययन गरे । र, अहिले डार्विनमा बस्छन् । नितेशराज पन्तको लागि पनि यो एउटा नयाँ प्रयोग हुनेछ । किनकि, ईभा आचार्य र साकार पन्तका निम्ति उनले यो प्रयोग गरेका हुन् । एमएनटीभीसँगको कुराकानीमा यस परियोजनाका परिकल्पनाकार नितेशराज पन्तले भने, मैले जब टेलिभिजनमा आउने मौका पाएँ त्यतिबेला मेरो निम्ति पूरै नेपाल टेलिभिजनको ढोका खुल्ला भयो किनकि, त्यहाँ मेरो काका सन्तोष पन्त हुनुहुन्थ्यो र उहाँको श्रृंखला त्यतिबेला उचाईमा थियो । मैले आपूmलाई प्रस्तुत गर्ने, निखार्ने मौका पाएँ । यतिबेला भाई साकार पनि केही गर्न खोज्दैछ । उसले यो चलचित्रको निर्देशन गर्नेछ । यसको लेखक ईभा आचार्य हुन् जो सिड्नीमा छिन् । यी दुई भरोसापूर्ण नेपाली चलचित्रकर्मीलाई यो प्रोजेक्ट दिनपाउनु खुशीको कुरा हो । यही छोटो चलचित्रबाट उनले आपूmलाई अभिनयको क्षेत्रमा पनि पुनःप्रवेश गराउनेछन् । हुनतः उनले केही समय पछि नै अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध, यहाँका नेपालीको विषयवस्तुमा चलचित्र बनाउने पनि घोषणा गरिसकेका छन् । तर, त्यसको निम्ति केही अनुसन्धानका कामहरु भइरहेका छन् । यो चलचित्र यसकारण पनि नयाँ अभियानका रुपमा आएको छ कि, यसको निर्माणका लागि करिब १२ हजार ५ सय अष्ट्रेलियन डलर लाग्ने अनुमान छ । र, यसको निम्ति सार्वजनिक आह्वान गरिएको छ । डिसेम्बर महिनाभरी सहयोग संकलन गरेर लक्ष्य पूरा गर्ने प्रयास हुनेछ । तर, लक्षण राम्रो देखिइसक्यो, नितेशको यो प्रोजेक्टका लागि सात दिनमै ५० प्रतिशत भन्दा बढी सहयोग संकलन भएको छ । यो चलचित्र बनेर नेपाली उद्योगलाई के फाईदा हुन्छ ? हाम्रो प्रश्नमा पन्तको जवाफ छ, यो चलचित्र मुख्यतः विदेशी प्रतियोगितामा भाग लिनका निम्ति बनाइएको हो । साथै, यसलाई नेपाली भाषामा र १५ मिनेटसम्मको लम्बाईमा पनि बनाइनेछ । जसले गर्दा हाम्रै दर्शकले पनि हेर्न सक्नेछन् । प्रविधि र निर्देशकीय क्षमताका हिसाबले यो उत्कृष्ट बन्नेछ भन्ने मेरो आशा हो, जसले नेपाली समाजमा रहेको कुरिती र अन्धविश्वासको एउटा पाटोलाई उजागर गर्छ । कथा ईभा आचार्यले लेखेकी हुन् । जसमा मृत आत्मा भड्किएको कथा छ । र, यो चलचित्र पूरै सौराहा आसपासका क्षेत्रमा शुटिंग हुनेछ । चलचित्रले नेपाली चलचित्र उद्योगलाई विश्वमञ्चमा लाने मात्र होइन, नेपाली पर्यटन क्षेत्रमा पनि टेवा दिने अपेक्षा नितेशको छ । सहयोग गर्नेहरुले के पाउँछन् त रु नितेशको जवाफ छ, सन्तुष्टी मात्र होइन, ३ हजार डलरसम्म सहयोग गर्नेले त एक्ज्युकेटिभ प्रोड्युसरकै टाईटल पाउँछ। नितेशको यस परियोजनाका लागि तपाईंले पनि यस लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ ।
http://www.pozible.com/project/188962