पक्राउ परेका १ सय २२ चिनियाँलाई अध्यागमन कानून लगाइने, डिपोर्ट गर्ने सम्भावना


राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले एक हजार रुपियाँ जरिवान गरेको छ ।
उनीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौको निर्णय अनुसार थुना मुक्त भए पनि अध्यागमन कानुन अनुसार अनुसन्धान गर्न प्रहरि हिरासतमा नै राखिएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले बताउनुभयो । 
उनीहरूलाई भोलिबाट अध्यागनम कानुन अनुसार कारबाही शुरु गरिने उहाँले बताउनुभयो । सरकारले अभद्र व्यवहार अन्तर्गत हजार रुपैयाँ जरिवाना गरी छाडेपछि पक्राउ परेका चिनियाँहरुलाई अध्यागमन कानून अनुसार देश निकाला गर्ने बुझिएको छ । यसअघि उनीहरुसँग जरिवाना पनि तिराइनेछ । चिनियाँ सरकार र नेपाल सरकारको संयुक्त प्रयासमा भएको यो अपरेशनमा उनीहरुले अनलाईन क्यासिनो र अन्य विभिन्न अनलाईन सपिंगको माध्यमबाट चिनियाँ नागरिकहरुलाई लुटेको पत्ता लागेपनि चीन नै पठाउनुपर्ने भएका कारण अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइएको थियो । मिलेमतोमा नै नेपाल सरकारले यस्तो कार्य गरेर चिनियाँहरुलाई उसकै देशमा सुम्पने तयारी थालेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?