कामदार चौधरीले मुना कार्कीको हत्या गरेको सीसीटिभी फुटेज बाहिरियो


सोमबारको सबैभन्दा मार्मिक र ह्दयविदारक घटनामा एक महिलाले ज्यान गुमाएकी छिन् भने उनको हत्याको आरोपीले आत्महत्या गरेको छ । घटना काठमाडों सानेपाको हो । यो घटनाको सीसीटिभी फुटेज बाहिरिएपछि यतिबेला खैलाबैला मच्चिएको छ । केही समाजका अगुवाहरुले नेपाली परिवार कस्तो बनिरहेको छ ? भनेर चिन्ता व्यक्त गरेका छन् । घटना अनुसार सोमबार विहान १० वजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाईरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाएर र बल लगाएर उनलार्इ भूइँमा लडाए ।
भुईमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुईमा ठोकाउँछन् । करीव पाँच मिनेट लामोे यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको पलाष्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन्, मुनाको टाउकोमा हिर्काउँदा हिर्काउँदै पिर्का समेत दुई टुक्रा हुन्छ ।
मुना अचेत हुन्छिन्, त्यसपछि कामदार चौधरी आफ्नो साथमा रहेको डोरी लिएर डाइनिङ रुपको अगाडि ढोका छेउमै आत्महत्या गर्छन् । सिसिक्यामेरा फुटेज अनुसार, विहान १०।२० देखि १०।४० वजेसम्म उक्त हत्या घटना भएको हो ।
विगत चारवर्षदेखि घरेलु कामदारको रुपमा भित्रिएका चौधरीलाई कार्की परिवारले छोरा समानको व्यवहार गर्ने गरेको छिमेकीहरू बताउँछन् । विहान पूर्वसचिव कार्की दर्शन गर्न पशुपतिनाथ र अर्की कामदार १२ वर्षीय छोरालाई विद्यालय पु¥याउन गएको वेलामा उक्त घटना भएको हो ।
कार्की दम्पति १२ वर्षीय छोरा र दुई कामदारका साथ बस्दै आएका थिए । दुई छोरी उच्चअध्ययनका क्रममा विदेशमा रहेका छन् ।
सो घटना रहस्यमय भएकाले थप अनुसन्धान जारी रहेको भनाई प्रहरीको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक हृदय थापाले घरमुली मुनाको हत्या र आत्महत्याको सम्वन्धमा अनुसन्धान जारी रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?