विनाभन्सार चीनतर्फ निकासी गर्न सकिने वस्तुको सूचि ८ हजार ३१ पुग्यो
चीनले शून्य भन्सार सूचीका नेपाली उत्पादन थप गरेको छ । सहुलियत प्राप्त सात हजार ८०० नेपाली उत्पादनलाई बढाएर अहिले आठ हजार ३१ पु¥याइएको छ । नेपालका उत्पादन बिना भन्सार चिनियाँ बजारमा पहुँच दिने विषयको सम्झौतामा आज वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणगोपाल मलेगो र नेपालका लागि चीनका राजदूत उ चुन्ताईले हस्ताक्षर गर्नुभयो । चीनले सन् २००६ मा चार हजार ७२१ र सन् २०१२ मा त्यसलाई बढाएर सात हजार ८०० वस्तुलाई शून्य भन्सार दरमा चिनियाँ बजारमा प्रवेश सुविधा प्रदान गरेको थियो । नयाँ व्यवस्थाअनुसार यही मङ्सिर २९ गतेदेखि थपिएका नेपाली सामग्री चीन पुग्नेछन् ।