मेलबर्नका तीन काउन्सिलले २० मिलियन पार्किंग फाईन फिर्ता गर्ने
मेलबर्नका तीन काउन्सिलहरुले आफुहरुले निजी कम्पनी मार्फत उठाएको करिब २० मिलियन डलर पार्किंग फाईन फिर्ता गर्ने भएका छन् । यस्तो कारवाहीका विषयमा प्रश्न उठेपछि उनीहरुले फिर्ता गर्ने निर्णय गरेका हुन् । २००६ देखि २०१६ सम्म ग्लेन ईलिरा, पोर्ट फिलिप र स्टोनिंग्टन काउन्सिल अन्तर्गत उठाइएको पार्किंग फाईनमा प्रश्न उठेको हो । यी काउन्सिलले छलफलको क्रममा आफुहरुबाट कुनै गैरकानूनी कार्य नभएपनि प्रश्न उठिसकेपछि सद्भावका रुपमा उक्त रकम फिर्ता गर्न लागिएको बताएका थिए । यो छलफल अदालतको विषय बनिसकेको छैन । ग्लेन ईरा काउन्सिलका मेयर जेमी ह्याम्सले पार्किंगको फाईन फिर्ता गर्ने विषयमा छिट्टै निर्णय गरेर यसको प्रक्रिया सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।