पर्थमा कोरोनाका कारण समस्यामा परेका नयाँ विद्यार्थीका लागि छुट्टै घरको व्यवस्था, थप सहयोग जुट्दै


– कमल सिलवाल/ पर्थ

पश्चिम अष्ट्रेलियाको नेपाली समुदायले कोरोना भाइरसबाट प्रभाबित भएका नेपाली बिधार्थीहरुलाई सामुहिक रुपमा सहयोग गर्न ‘कुइक एक्सन टिम’ निर्माण गरेको छ।
एनआरएनए पश्चिम अष्ट्रेलियाको सम्योजकत्वमा हिजो पर्थमा आयोजित छलफलमा जुटेका नावा, पर्थ मन्दिर, अनेसास, वी केयर नेपाल लगायत पर्थका बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, ब्यबसायी र ब्यक्तीहरुले सामुहिक प्रयासबाट समस्यामा परेका नेपाली बिधार्थीहरुलाई तुरुन्तै आवश्यक सहयोग उपलब्ध गराउन यो टिमको निर्माण गरेका हुन।
मुलत नेपालबाट भर्खरै आएका र आर्थिक समस्यामा परेका नेपाली बिद्यार्थीहरुलाई यो सेवा लक्षित रहेको छ। समस्यामा परेकाहरुले एक्सन टिम मध्यका डा डा मणि पनेरू(0431371336), कृष्णमान श्रेष्ठ(0401786479), रोशन शेर्पा(0434417317) र डा वाशु रेग्मी(0432257313) लाई संपर्क गरी आफ्नो अवस्था बारे जानकारी गराउन अनुरोध गरिएको छ ।
एनआरएनए पश्चिम अष्ट्रेलियाका सम्योजक कृष्णमान श्रेष्ठका अनुसार ‘कुइक एक्सन टिम’ ले हाल पर्थमा कोरोना भाइरसबाट प्रभाबित भएका नेपाली बिधार्थीहरुको पहिचान गर्ने काम शुरु गरी सकेको छ। यस अघीनै एनआरएनए मार्फत भर्खरै नेपालबाट आइ आइसोलेशनमा बसेका २ नेपालीलाई ३० दिन सम्म पुग्ने खाधान्न र राहत सामाग्री बितरण गरी सकिएको श्रेष्ठले जानकारी दिए। एनआरएनए अष्ट्रेलियाले नयाँ बिद्यार्थीहरुका लागि अष्ट्रेलियाब्यापी सहयोगको कार्यक्रम ल्याइसकेको भएता पनि स्थानिय सामाजिक संघसंस्थासँग समन्वय गरी अझै धेरै बिद्यार्थीहरुको पहुचमा सहयोगको कार्यक्रमलाई पुर्याउन यो एक्सन टिमको निर्माण गरिएको श्रेष्ठले बताए।
नावाक अध्यक्ष मणी पनेरुले हालसम्म ४ हजार अष्ट्रेलियन डलर सहयोगको कबुल आफुहरुले प्राप्त गरी सकिएको जानकारी दिदै सन्कलित रकम हाल काम नभएका, आर्थिक अबस्था नाजुक रहेका र गास बासको अफ्ट्यारोमा परेका नेपाली बिद्यार्थीहरुको ब्यनस्थापनमा खर्च गरिने बताए । आर्थिक सहयोगका अलावा समस्यामा परेका बिद्यार्थीहरुलाई बस्नका लागि हाल पर्थका सहयोगी मार्फत एक घर ३ महिना सम्मको लागि निशुल्क उपलब्ध भइ सकेको र अन्य घरहरु उपलब्ध हुने क्रममा रहेको अध्यक्ष पनेरुले जानकारी दिए।
आर्थिक सहयोगका लागि नावाको निम्न च्यारिटी खातामा रकम जम्मा गर्न सकिनेछ।
NAWA Charity Ac
BSB:302162, Acc:0724545
Ref: Help Corona Victims
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?