एनआरएनलाई फुडव्याङ्कको सपोर्ट, खाद्य सामग्रीका ३ सय बक्स विद्यार्थीलाई वितरण गरिने


गैरआवासीय नेपाली संघलाई फुड व्याङ्क अष्ट्रेलियाले ३ सय खाद्य सामग्रीको बक्स उपलब्ध गराउने भएको छ । पहिलो चरणमा १ सय ६५ प्राप्त भइसकेको र बाँकी पनि छिट्टै उपलब्ध हुने एनआरएन अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिए । यस कार्यका लागि सिड्नीमा बस्ने अमित थापाले संयोजन गरेका थिए । 

नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरुका निम्ति एनआरएनले गरिरहेको काममा सहयोग गर्ने हेतुले फुड व्याङ्कमा निवेदन गरिएको र ३ सय बक्सको सहयोग प्रदान गर्ने सहमति बनेको गुरुङ्गले जानकारी दिए ।

हालसम्म न्यूसाउथवेल्समा ५ सयभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरुले सहयोगका लागि निवदन दिएकोमा १ सय ६५ जनाले सहयोग पाइसकेका छन् । उनीहरुलाई खाद्यान्न सहयोग गरिएको थियो । प्रवक्ता गुरुङ्गले एमएनटीभीसँग भने, फुड व्याङ्कले तयार पारेको प्याकेजमा पास्ता, टुना लगायत दैनिक उपभोगका सामग्रीहरु छन् । हामीले त्यसमा एनआरएनले तयारी गरेको चामल दाल लगायतका सामग्री थपेर विद्यार्थीहरुलाई वितरण गर्नेछौं ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?