छोराछोरीसहित बाबुद्वारा आत्महत्या, एक महिला मृत भेटिइन्


suicide-wallpapers-2ईटहरिस्थित बेलबारी नगरपालिका–२ का ३५ वर्षीय ताराजुङ राईले तीन वर्षीया छोरी दीपिका र पाँच वर्षीय छोरा दीपेन्द्रको हत्या गरी आफूले स्वयम्ले पनि आत्महत्या गरेका छन् । राईले गएराति आफ्नै घरमा छोराछोरीलाई झुण्ड्याई आफूले पनि झुण्डिएरै आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दुर्गा दाहालले बताउनुभयो । राईकी श्रीमती भने एकहप्ता अघिदेखि घर छोडी बेपत्ता भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, सर्लाहीको सदरमुकाम मलङ्गवामा आज बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मलङ्गवा नगरपालिका–४ शिवसागर चोकस्थित धर्मशालामा सुतेको अवस्थामा करिब ५० वर्षका ती महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले जानकारी दिनुभयो । करिब दुई वर्षदेखि मलङ्गवा क्षेत्रमा मागेर गुजारा गर्दै आएकी ती महिलाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?