न्याय जातलाई कि मानवलाई ?
– जस्मिन ओझा
केहिदिन यता देशमा रुकुम घटना चर्चाको चरम उत्कर्षमा छ । म जस्मिन ओझा कानुनको विद्यार्थी र महिला तथा बालबालिका अधिकारकर्मीको नाताले यसबाट अछुतो रहन सकिनँ । तसर्थ अनुसन्धानकै क्रममा रहेको भए तापनि यस बिषयमा आफ्नो ज्ञान र विवेकले भ्याएसम्म केहि बिचारहरु संप्रेसित गर्न मन लाग्यो । मेरा बिचारहरु कुनै पनि एक पक्ष्यलाइ समर्थन गर्ने र अनुसन्धानमा बाधक हुने तथा पीडित पक्षको मनोभावनालाइ खलल पुर्याउने मनसायको हुनेछैन । साथै, मेरा बिचारहरु मिडियाका तथ्यहरुमा आधारित पुर्णत मेरो ब्यक्तिगत धारणा हुनेछ । घटना निन्दनीय र भत्र्सनायोग्य भएकोमा कुनै दुइमत छुइनँ र कानुनसम्मत रुपमा दोषीले कारबाही भोग्नैपर्छ भन्ने जीकीर गर्दै केही लेख्दैछु ।
जातीय पहिचान र उन्मुक्तिको मुद्दामा टेकेर माओवादीले सुरु गरेको क्रान्तिको मुख्य केन्द्रथलो रुकुममा एक अन्तर्जातिय प्रेमले आज बिश्व मानबअधिकार जगतमा नै ठुलो प्रश्न खडा गरेको छ । संबिधानले जातीय विभेदलाइ कानुनी अपराध उल्लेख गरिसक्दा पनि त्यही माओवादको उदगम थलोमा समेत जातीय विभेदले गर्दा आज आधा दर्जन युवाले आफ्नो ज्यान गुमाउनु परेको छ । तर, “के यो घटनामा प्रमुख दोष जातीय बिभेद मात्र हो त रु” यहि प्रश्नको उत्तर आज सम्पुर्ण अधिकारकर्मीहरुसँग समयले मागिरहेको छ । संबिधानमा लेखिदामात्र जातीय बिभेद अन्त्य हुन्छ भन्नु सारयुक्त हुँदैन । मीडियामा आए बमोजिम त्यस समाजमा धेरै अन्तरजातिय बिवाह भइसकेको कुरा छ । त्यहाँको समाजले केबल जातकै कारणलेगर्दा नवराज बि.क.को प्रेमलाइ अस्विकार गरेको भन्ने केही जातीवादी अधिकारकर्मीको तर्क छ । तर, म महिला तथा बालबालिकाको अधिकारका लागि संघर्षरत् अधिकारकर्मी भएको नाताले केबल एकतर्फी भएर बिश्लेषण गर्न सकिनँ ।
यहाँ अन्तरजातीय प्रेम त छ नै तर अर्को नजरअन्दान गर्न नहुने कुरा के छ भन्दा केटी नाबालिग भएको अवस्था छ । उनीहरुको बर्षौको नै प्रेम किन नहोस् यो कानुनी आधारमा जायज प्रेम सम्बन्ध हुनै सक्दैन । आजकाल “प्रेम” किशोर समुहमा एक किसिमको दौड बनेको छ । अनि यस्तो प्रेममा यौन अपरिहार्य जस्तो भइसकेको अवस्था छ । तसर्थ, यति लामो प्रेम सम्बन्धमा उनीहरु यौनजन्य क्रियाकलापबाट बिमुख रहे भन्नु सत्य नहोला । मिडियामा आए बमोजिम केटि केटाको घरमा नै गएर रात बिताएको अवस्था छ ।
अर्काथरी बिज्ञ भनाउदा आउछन्र तर्क गर्छन्“यौन नै भएता पनि सहमतीको यौनलाइ नाजायज अथवा शोषण परिभाषित गर्न मिल्दैन ।” तर, म कानुनी आधारमा टेकेर भन्छु “नाबालिग (अङ्ग्रेजीमा माइनर भनिन्छ ) को सहमती वा असहमतीमा यदि कसैले उनीहरुलाइ आफ्नो निहित स्वार्थको लागि यौनजन्य कार्यमा संलग्न गराउछ भने त्यो नाबालिग माथिको यौन अत्याचार नै हो ।” धारा खोजेर हाल
अब बिभिन्न थरी प्रश्न उठ्छन्“केटिले यौन शोषणमा परे भनेर किन नबोलेको ? प्रेमलाइ शोषण भन्ने ?” यस प्रश्नमा म भन्छु “केटि प्रेमको लालिपप खानमा यति अभिसप्त छे कि उसलाइ आफु यौन शोषणमा परेको कुराको भनकसम्म पनि छैन ।” अर्को प्रश्न आउँछ, “केटिका बाउआमा नि रु के उनीहरुले जाहेरि दिन सकेनन् प्रहरीमा र यस भवितब्यलाइ टाल्न सकेनन्रु” मिडियामा आए बमोजिम
केटिका अभिभावकको आग्रहमा प्रहरीले केटाकेटि दुबैलाइ केटिको उमेर नपुगुन्जेल प्रेम बन्द गर्न चेतावनी दिएको कुरा छ ।
यति हुँदा हुदै पनि केटा र केटि दुबैले प्रेमलाइ निरन्तरता दिएका देखिन्छ । मैले भनिसकेँ कानुनी रुपमा केटि सहि गलत छुट्याउने उमेरमा पुगिसकेकी छैन । केटा पनि त्यत्ति पाको देखिदैन । यो घटनामा अप्रत्यक्ष रुपले ती तत्वहरुको भुमिका छ जो पाको भएर पनि संवेदनशील लकडाउनको घडिमा केटालाइ गलत कदम लिन साथ दिन्छन् वा उक्साउछन्। अनि जो मुख्य दोषी छन् उनीहरु हुन् केटीपक्षका संरकक्षकहरु जसले कानुनलाइ हातमा लिएर अल्लारे केटाहरुलाइ लाठो मुङ्ग्रो, ढुङ्गामुढा, हातहतियार सहित खेदेर पिटेर बाटो छेकि भेरिमा हाम फाल्न बिवश बनाए र हत्या गरे ।
तसर्थ, यो जातिय भन्दा पनि मानबीय मद्दा हो । यसलाइ जातियकरण गरि राजनैतिक प्रपोगाण्डा बनाउनु जायज हुनै सक्दैन । यहाँ “पधेँरो छोएको निउ” होइन । यहाँ त कुलको प्रतिष्ठा “छोरी भगाउन आएको निउँ” छ । साँझको समयमा त्यो पनि हुल बाँधेर आफ्नी नाबालिग छोरी भगाउन दलबल सहित आउने केटालाइ तामाको खड्कुलो थापेर स्वजातमै भएपनि गोडा धोएर कसैले लैजाउ भनेर पठाउदैन ।
तर, त्यसो भन्दैमा कसैलाइ अरुको ज्यान मार्ने अनुमति नेपालको कानुनले दिँदैन । अब कुरा आउँछ “मारिएको हो वा झडपको अबस्था पछि भागदौडमा मरेको हो” भन्ने कुरा । यस कुरा अनुसन्धानले पुष्टि हुन्छ । प्रहरीले यस कुराको सत्यतथ्य जाँच गरेर यदि मारिएको वा मर्न विवश पारेको कसुर प्रमाणित गरेमा पीडित पक्षले नेपालको कानुनको आधारमा न्याय पाउनैपर्छ । यसमा संशय छैन । अन्तः यो बिल्कुल मानबअधिकार माथिको मुद्दालाइ जातीय मुद्दा बनाएर प्रपोगाण्डा रच्ने अनि नाबालिग प्रेमलाइ प्रोत्साहित गर्ने कार्य गर्नुहुँदैन भन्नु नै मेरो निचोड हो । धन्यवाद । मानिस ठुलो दिलले हुन्छ जातले हुदैन । आज मानिसको एउटै जात छ र त्यो हो “मानवता” ।
*(विचार लेखकका निजी हुन् । सम्पादक)