कराँतेको खेलमा नेपालले जित्यो १३ स्वर्णपदक, कोलकातामा चम्किए नेपाली खेलाडी


karateभारतको कोलकातामा भएको २३ औँ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले आज १३ स्वर्णपदक हात पारेको छ । प्रतियोगितामा नेपालका निखिल केसी र रमिला नगरकोटीले काता र कुमुतेमा गरी दोहोरो स्वर्ण जिते । त्यस्तै कातातर्फ विजय बस्नेत, विशाल गोले, सुस्मिता लामा र प्रदीप थुलुङले नेपाललाई थप स्वर्णपदक दिलाएको नेपाल सोतोकान कराते डो सङ्घकी कोषाध्यक्ष ममिता श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी कुमुतेमा सरोज दाहाल, विनोद रोका, सुशान्त मोडक, सिया भण्डारी र निरजकुमार श्रेष्ठले पनि नेपाललाई स्वर्ण दिलाएका छन् । सोही प्रतियोगितामा नेपालले थप नौ रजत र ११ कास्यपदकसमेत प्राप्त ग¥यो । कातातर्फ सिया भण्डारी, निरजकुमार श्रेष्ठ, कुसुम तामाङ र लक्ष्मी दुलालले रजत प्राप्त गरे । निरजकुमार श्रेष्ठ, आसिया भण्डारी र रमिला नगरकोटीले मिक्स टिम कातामा रजत हात पारे । कुमुतेतर्फ भने विकास तामाङ र रुपा नापितले रजत हात पारे । त्यस्तै कातातर्फ शिव केसी र विकास तामाङले कास्यपदक जिते भने कुमुतेमा शिव केसी, सुजना तामाङ, विजय क्षेत्री, कुसुम तामाङ, सुशीला मोक्तान, मनोज थापा मगर, विवश निरौला, सुमन डंगाल र विजय घलेले कास्य प्राप्त गरे ।
शारीरिक सुगठनमा विमललालले रजत जिते
भारतको मुम्बईमा जारी छैटौँ विश्व शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिट्नेस फिजिक्समा नेपालका विमललाल श्रेष्ठले रजत जितेका छन् । उनले पुरुषतर्फ १७० सेन्टी मिटर उचाइसम्मको स्पर्धामा रजत जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका महासचिव दिनेश राजभण्डारीले जानकारी दिनुभयो । विमललालले प्रतिस्पर्धा गरेको स्पर्धामा ७ खेलाडीले सहभागिता जनाएको बताइएको छ । नेपाली शारीरिक सुगठनको इतिहासमा नेपालले फिट्नेस फिजिक्समा पहिलोपल्ट सहभागिता जनाएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?