सन् २०१५ को आर्थिक नीति तय गर्न चिनियाँ नेताहरूको भेला


chinaभर्खरै मात्र विश्वको पहिलो र सबैभन्दा ठूलो अर्थतन्त्र बनेको चीनले दीर्घकालीन वृद्धिका हिसाबले मन्द प्रगति हासिल गरिरहेको समयमा उसका उच्च नेताहरू सन् २०१५ का लागि आर्थिक नीति निर्धारण गर्न बैठक गरेका छन् । बन्द केन्द्रीय आर्थिक कार्यसम्मेलनमा नीतिनिर्माताहरू भेला भएका छन् र उनीहरूले आउँदो वर्षका लागि नयाँ सामान्य अर्थतन्त्रका आधार तयार गरिरहेको बताइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा अन्य उच्च नेताहरूले नयाँ सामान्य अवस्थाका बारेमा बोल्नुभएको छ । उहाँहरूले लगानी र निर्यातभन्दा पनि उपभोक्तामा ध्यान दिनुभएको बताइएको छ । उहाँहरूले दिगो वृद्धिका लागि मन्द वृद्धिलाई स्वीकार गर्न आफूहरू तयार रहेको बताउनुभएको छ । सिन्ह्वाले यो बैठक कति लामो हुने भन्ने विषयमा जानकारी दिएको छैन तर सामान्यतया यसअघि यस्ता बैठक दुईदेखि तीन दिनसम्म चलेका थिए । यस बैठकले आउँदो वर्षको कूल गाहस्र्थ उत्पादनको लक्ष्य निर्धारण गर्ने भएकाले यो बैठकलाई निकै नजिकबाट नियालिएको छ । यसो भए पनि यसको निष्कर्ष मार्च महिनासम्म सार्वजनिक नहुने अनुमान गरिएको छ । हाल चीनको अर्थतन्त्र मन्द रहेको तथा अधिकारीहरू त्यसमा सुधार गरिरहेको समयमा औपचारिक कूल गार्हस्थ उत्पादन सात प्रतिशतसम्म हुने अर्थशास्त्रीहरूले अनुमान गरेका छन् । चीनले सन् २०१२ को वार्षिक वृद्धिदर ७.५ प्रतिशत कायम गरेको थियो । यदि सात प्रतिशतभन्दा कम वृद्धिको अनुमान भएमा त्यो सन् २००४ पछिको सबैभन्दा कम अनुमान हुनेछ । चीनको सत्ताधारी दलको शक्तिशाली पोलिटब्युरोले गत साता सरकारले आर्थिक सञ्चालन सन् २०१५ मा तर्कसम्मत स्तरमा राख्ने बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?