तामाङ ल्होछार साँझ आयोजना हुँदै, जनवरीमै शुभकामना साँझ पनि हुने


Lochhar ल्होछार पर्व २८५१ को अवसरमा सिड्नीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ । तामाङ सोसाईटी अफ न्यू साउथ वेल्सले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । चन्द्र दोंग र शशीकला मोक्तानले विशेष प्रस्तुत दिने बताइएको छ । तामाङ नेपालीहरुले चन्द्र पात्रोलाई आधार मानेर मनाउने यो नयाँ वर्ष भेडा नयाँ वर्ष हो । आगामी जनवरी २५ तारिखका दिन पिटरशाम टाउन हलमा आयोजना गरिने यस कार्यक्रमका माध्यमबाट आफ्नो कला, संस्कृतिलाई जीवन्तता दिने र एक आपसमा सद्भाव अभिबृद्धि गर्नका निम्ति महत्वपूर्ण हुने विश्वास लिएको संस्थाले जनाएको छ । नेपालबाट आउने कलाकारका साथै स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुत दिनेछन् ।
शुभकामना साँझ हुँदै
subhakamanaईश्वी सम्वतको नयाँ वर्ष सन् २०१५ आउँदैछ । यही अवसरमा आगामी १० जनवरीका दिन अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली कलाकारहरुले शुभकामना साँझको आयोजना गरेका छन् । नेपाली युथ फोरम अष्ट्रेलियाको प्रस्तुतिमा हुन लागेको शुभकामना साँझमा स्थानीय कलाकारहरुले गीत, संगीत, नृत्य र नाटक प्रहसन देखाउने तयारी गरेका छन् । नयाँ वर्षलाई स्वागत गर्नका निम्ति आयोजना गरिने यस कार्यक्रम हर्सभिलस्थित मराना अडिटोरियममा हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?