तीन वर्षमा २ सय ८५ किलो सुन समातियो, ३० करोड सुराकीले पाए : प्रहरी महानिरीक्षक


???????????????????नेपाल प्रहरीले पछिल्लो तीन वर्षको अवधिमा २८५ किलोग्राम सुन बरामद गरेको छ । बरामद गरिएको सुनको बजार मूल्य अन्दाजी रु एक अर्ब २० करोड रहेको छ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सो जानकारी दिनुभएको हो । समितिले सुन बरामद गर्दा दिने गरिएको सुराकी खर्चबारे गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवाल र प्रहरी महानिरीक्षक अर्यालसँग जानकारी लिएको थियो । समितिमा पेस गरिएको विगत तीन वर्षयता जफत गरिएका सुनसम्बन्धी विवरणअनुसार २०६९÷७० मा करिब रु २२ करोड अन्दाजी मूल्यको ८३ किलो, २०७०÷७१ मा रु ५३ करोड ६७ लाख ५१ हजार ३९८ मूल्यको ८९ किलो र २०७१÷७२ मा ५० करोड चार लाख १२० मूल्यको १११ किलो सुन विभिन्न मिति र स्थानमा बरामद गरिएको थियो । विवरणअनुसार सुन बरामद गर्न खटाइने सुराकीलाई सुनको २५ प्रतिशत कमिसन दिने प्रावधान छ । यसरी सुन बरामद गर्ने क्रममा करिब रु ३० करोड सुराकीका नाममा खर्च भएको देखिएको छ । प्रहरी महानिरीक्षक अर्यालले सुराकीको नाम अदालतबाहेक अरुलाई बताउन नमिल्ने लेखा समितिलाई जानकारी गराउनुभएको थियो । गृहमन्त्रालयका अनुसार पछिल्लो एक वर्षमा मात्रै प्रहरीले १११ किलोग्राम सुन बरामद भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?