बालककै अघिल्तिर जब बाघले युवतीलाई घाँटीमा टोक्यो !
स्वीटजरल्याण्डको आर्थिक राजधानी ज्युरिचमा रहेको एक चिडियाखानामा शनिबार एक बाघको आक्रमणबाट एक महिला कर्मचारीको ज्यान गएको छ । ५५ वर्षीय निज महिला कर्मचारी बाघको खोरमा पुगेको बेला आक्रमणमा परेकी थिइन् । उनलाई बाघले घाँटीमै आक्रमण गरेको थियो । यो घटनालाई एक बालकसहित कैयौं दर्शकहरुले हेरिरहेका थिए । बाघको आक्रमणलगत्तै प्रहरी र आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा पुगेर बाघलाई धपाएका थिए । यद्यपि निज कर्मचारीलाई बचाउन भने सकेनन् ।
चिडियाखाना प्रशासनले घटना दुःखद भएको भन्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । यो बाघ एक वर्षको हुँदा डेनमार्कबाट ल्याइएको थियो । बाघले के कारण आक्रमण गर्यो, निज कर्मचारी त्यहाँ किन गएकी थिइन् लगायतका विषयमा अनुसन्धान गर्ने पनि चिडियाखानाले जनाएको छ ।
बाघको आक्रमण भएपनि बाघलाई त्यहाँबाट हटाउने या मार्ने विषयमा भने नसोचिएको चिडियाखाना प्रशासनले जनाएको छ । बाघको आक्रमणमा परेकी महिला कर्मचारी लामो समयदेखि यहाँ काम गर्दथिन् ।