एमाओवादी अध्यक्ष दाहालद्वारा प्रकृतिको प्रचूर सम्भावनालाई सदुपयोग गर्न जोड, पर्यटन क्षेत्रको विस्तारमा ध्यान दिनुपर्ने


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेकाले अगामी दिनमा यस क्षेत्रकोे विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । गन्तव्य नेपाल साप्ताहिक संस्करणको शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा सहभागी नेता तथा व्यावसायीहरुले आर्थिक क्रान्तिको आधारमा पर्यटन क्षेत्रलाई विकास गर्नुपर्ने बताएका हुन् । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रकृतिले दिएको प्रचूर सम्भावनालाई सदुपयोग गरेर देशको आर्थिक अवस्था माथि उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक प्रतिबद्धतासहितको समृद्धिको बाटोमा जानका लागि पहिलो खुड्किलो संविधान भएकाले संविधान लेखनको कार्यलाई सहमतिमै टुङ्याउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “देशभित्रको सम्भावनालाई सदुपयोग गरेर विकास गर्नमा लाग्नुपर्छ । एक आपसमा विवाद गर्न हुन्न, देशलाई अगाडि बढाउने विषयमा हामी सबै एकै डुङ्गामा छौँ, डुङ्गा डुब्दा एउटा डुब्ने अर्को उत्रने अवस्था छैन, सहमतिकै आधारमा उपलब्धिको रक्षा गर्नुपर्छ ।” उहाँले उपलब्धि संस्थागत गर्ने समयमा सधैँ असफल हुने गरेको विसं २००७ र २०४६ सालको विगतलाई ध्यान दिँदै २०६२÷०६३ को उपलब्धिलाई रक्षा गर्नका लागि आन्दोलनको मागलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सभासद् जगदिशनरसिंह केसीले पर्यटन क्षेत्रका लागि गरिएको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै आर्थिक विकासको बाटोमा देशलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । अर्का सभासद् रवीन्द्र अधिकारीले अबको राजनीति आर्थिक समृद्धिका लागि हुनुपर्ने र उच्चस्तरीय जीवनमा आधारित राजनीतिले मात्र समर्थन पाउने भएकाले विकासको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सभासद् उषा बोगटीले पर्यटनलाई गाउँगाउँमा पु¥याएर देशको आर्थिक उन्नतिमा लाग्न जरुरी भएको उल्लेख गर्नुभयो । कार्यक्रममा पर्यटन क्षेत्रमा योगदान पु¥याउने विभिन्न पेसा व्यावसायमा संलग्न एक दर्जन महानुभावलाई सम्मान गरिएको थियो । कार्यक्रममा गन्तव्य नेपाल साप्ताहिकका अध्यक्ष तथा प्रबन्ध निर्देशक शिव अधिकारीले आर्थिक विकासमा सबै क्षेत्रको प्रतिबद्धता आएको अवस्थामा देशको आर्थिक अवस्थामा सुधार आउने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?