अक्टोबरमा पर्थमा ‘एनआरएनए डब्लु ए हार्मोनी कप २०२०’ को आयोजना हुँदै
एनआरएनए पश्चिम अष्ट्रेलियाले आउदो अक्टोबरमा पर्थमा ‘एनआरएनए डब्लु ए हार्मोनी कप २०२०’ को आयोजना गर्ने भएको छ । दोश्रो पटक आयोजना हुन गइरहेको उक्त प्रतियोगिता आउदो १० र ११ अक्टोबरमा पर्थमा सन्चालन हुनेछ । सो प्रतियोगितामा फुट्बल, भलिबल, क्रीकेट, टेबल टेनिश, ब्याड्मिन्टन, लाउन टेनिश र ५ किमी दौड गरी कुल ७ खेल समावेश रहनेछन। हार्मोनी कपमा सहभागी हुन रजिष्ट्रेशन शुल्क २५ डलर तोकिएको छ।
प्रतियोगितामा सहभागी हुन चाहनेहरुका लागि आउदो साताबाट रजिष्ट्रेशन खुल्ला गरिने छ भने २१ अगस्त भित्र आफ्नो नाम वा समुह दर्ता गराई सक्नुपर्नेछ। प्रतियोगिताबारे कुरा गर्दै एनआरएनए डब्लु एका सम्योजक कृष्णमान श्रेष्ठले, कोरोना सन्क्रमण अहिलेकै जस्तो शुन्य अवस्था रहे, सरकारको सम्पूर्ण नियम पालना गर्दै, सामाजिक दुरी र सर्सफाइको नियम अबलम्बन गर्दै प्रतियोगिता सन्चालन गरिने बताए।
श्रेष्ठले, कोरोना सन्क्रमणका कारण सामुदायिक कृयाकलापहरुबाट बन्चित रहेका पर्थका नेपालीहरुलाई यो प्रतियोगिताले शारिरिक, मानसिक र सामाजिक रुपमा तन्दुरुस्त रहन धेरै मद्धत गर्नेमा आफु बिस्वस्थ रहेको बताउनु भयो। प्रतियोगिताका हरेक खेल समुहलाई सम्बन्धित खेलका बिज्ञहरुले छुट्टा छुट्टै सन्योजन गर्ने गरी खेल कमिटी निर्माण गर्न शुरु गरिएको एनआरएनए डब्लु एका सचिब दिपक बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार पर्थका खेलप्रेमी नेपालीहरुको रुचीलाई मध्यजनर गर्दै गत बर्ष ३ खेलमा सिमित रहेको प्रतियोगितामा यो बर्ष ४ नयाँ खेल थप गरि ७ खेलमा पुर्याइएको छ ।
पर्थबाट ओसियाना खेलमा सहभागी हुने खेलाडीहरुलाई यो प्रतियोगिता निकै उपयोगी हुने बस्नेत बताउछन। हार्मोनी कपको समापन सँगै बिजयी खेलाडी र समुहलाई १८ अक्टोबरमा पर्थमा एक गाला डिनरको आयोजना गरी मेडल, प्रमाणपत्र तथा पुरस्कार बितरण गरिने सचिब बस्नेतले जानकारी दिए।
उक्त समयमा पर्थमा कोरोना सन्क्रमणको प्रभाब बढेको अवस्थामा चाँही प्रतियोगिता स्थगित समेत हुन सक्ने एनआरएनए डब्लु एले जनाएको छ।