बनारसमा नेपालीलाई जबर्जस्ती मुण्डन गरी सम्बन्ध विगार्न खोज्ने प्रहरी हिरासतमा ! (Watch Video)
भारतको बनारसमा एक नेपालीलाई जबर्जस्ती मुण्डल गर्ने सन्तोष पाण्डेलाई भारतको प्रहरीले पक्राउ गरेको छ । यस प्रकरणमा दिपक पाठकको फेसबुक आईडी प्रयोग भएकोले निजको पनि खोजी गरिरहेको बताइएको छ । शुक्रबार मात्र प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्रमा एक नेपालीको कपाल मुण्डन गरेर नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध टाउकोमा अपशब्द लेख्दै नारा जुलुस गर्न लगाइएको थियो।
संलग्न व्यक्तिलाई उत्तर प्रदेशको प्रहरीले तुरुन्त नियन्त्रणमा लिएको थियो। र, नेपाल र भारतबीचको सम्बन्ध बिगार्ने यो पोस्टलाई तुरुन्त हटाउन निर्देशन दिइएको थियो।
श्रोतका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र भारतको जनताबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध बिथोल्न खोज्ने जो कोहीलाई कडा कार्यवाही गर्न आफ्नो मातहतका प्रशासनलाई निर्देशन दिएका छन्।
Watch Viceo