भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाल १६ लाख नगदसहित अख्तियारको फन्दामा !


भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई स्रोत नखुलेको नगद १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित कार्य कक्षबाटै अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले विशेष सुराकीको आधारमा भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाललाई उनकै कार्यकक्षमा स्रोत नखुलेको रकमसहित बिहीबार दिउसो नियन्त्रण लिएको जानकारी दिए ।

उनले कम्प्युटर अपरेटर खनाले विभिन्न फर्म तथा पसलेहरुबाट लिएको कमिशन बापतको १० लाख बढी नगद र चेक समेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवम उजुरीको आधारमा कार्यालयबाट खटेको टोलीले स्रोत नखुलेको सो रकमसहित खनाललाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?