मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी,को-को बन्दैछन् मन्त्री ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्केका बेला प्रधानमन्त्री केपी शार्मा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्र असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल समूहका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य अघि बढाएका छन् ।
गत असार १८ गतेको नेकपा स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । नेकपाभित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओली सबै असन्तुष्ट समूहलाई समेटेर अगाडि बढ्ने मनस्थितिमा पुगेको प्रधानमन्त्रीको सचिवालयलले जनाएको छ । अब पुनर्गठन गर्ने बेला दुई वर्षदेखि मन्त्री रहेकालाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने अध्यक्ष प्रचण्डसँग सहमति भएको छ ।
मन्त्रिमण्डलमा आफ्नो उपस्थिति नरहेकोमा असन्तुष्टि प्रकट गर्दै आएका वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतमको समूह र वरिष्ठ नेता नेपाल निकट समूहका केही नेतालाई मन्त्री बनाउने सम्भावना रहेको छ । पूर्वमाओवादीबाट जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, पम्फा भुसाल र प्रभु शाहलगायत मन्त्री बन्ने सम्भावना रहेको छ ।