स्रोत नखुलेको साढे पाँच लाख रकमसहित डिभिजन प्रमुख शाह पक्राउ !


स्रोत नखुलेको पाँच लाख ५३ हजार रकमसहित डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगको इटहरी कार्यालयबाट खटिगएको टोलीले साहलाई कोशी गाउँपालिका– ८ सुनसरीबाट पक्राउ गरेको हो । घुसबाट उठाएको रकम लिएर रौतहटतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले बा२झ ४१० नम्बरको सरकारी गाडीमा लुकाइ राखेको अवस्थामा उक्त रकमसहित साहलाई पक्राउ गरेको हो । आयोगको टोलीले डिभिजन प्रमुख साह र उनको श्रीमती किरण साहको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?