सडकमा यातायात चलाउने होइन ज्यान मार्ने लाईसेन्स पाउनुपर्ने माग हो चालकहरुको ?


accidentयतिबेला देशमा सडक दुर्घटना बढेका बढ्यै छन् । हामीले सडकको दुरावस्था भएको ठाउाँमा मात्र होइन, सुगम ठाउँमा समेत ज्यान गुमाउनुपर्ने अवस्था आइसकेको उदाहरण दिन धेरै टाढा जान पर्दैन । र, सरकार पनि जब पर्यो राति अनि बुढी ताती भनेको जस्तो गर्दैछ । अहिले कानून कडा पार्दैछ । र, अर्कोतिर चलाहरु जसलाई सम्मानका साथ गुरुजी भनिएको छ उनीहरु हड्तालको मुडमा छन् । र, सुरु भएको छ कञ्चनपुरबाट । सार्वजनिक सवारी साधनका चालकहरू सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा गएपछि कञ्चनपुरका यात्रु मर्कामा परेका छन् । चालकलाई हदैसम्मको कार्बाही गर्ने कानुनी प्रावधान लागू गरिएको भन्दै यहाँका सार्वजनिक सवारी साधनका चालकले आन्दोलन थालेका हुन् । शुक्रबारदेखि सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका चालकले शनिबार पनि आन्दोलनलाई जारी राखेका छन् । सडकमा फाट्टफुट्ट रूपमा मात्रै सवारीका साधन सञ्चालन हँुदा यात्रुले हैरानी खेप्नुपरेको छ । दुर्घटनामा चालकलाई मात्रै दोषी देखाइनु र शैक्षिक योग्यताको मापदण्ड तोकिने कार्य फिर्ता नहँुदासम्म आन्दोलन जारी रहने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कञ्चनपुरका अध्यक्ष गणेशनाथ योगीले बताउनुभयो । महाकाली सेती बस व्यवसायी समिति र पवनदूत बस व्यवसायी समितिमा आबद्ध चालक आन्दोलनमा गएपछि लामो र छोटो दूरीका सवारी साधन चालकलाई आज छलफलका लागि बोलाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?