प्रधानन्यायाधीस राणालाई रविन्द्र मिश्रको सुझाव पदबाट राजीनामा दिनुस् !


काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले महाअभियोगको प्रक्रिया अगाडि बढ्नु भन्दा अघि नै प्रधानन्यायाधीस पदबाट राजीनामा दिन चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेका छन् ।उनले प्रधान्यायधीश चोलेन्द्रशमशेर राणालाई राजीनामा दिन सडकबाटै सुझाव दिएका हुन् ।

शनिबार पूर्व डीआइजी रञ्जन कोइरालालाई उन्मुति दिइएको विषयमा विरोध गर्दै आयोजित कार्यक्रममा बोल्दै संयोजक मिश्रले त्यस्तो सुझाव दिएका हुन् । श्रीमती हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद भोगिरहेका पूर्वडीआईजी कोइरालालाई सर्वोच्चले उन्मुक्ति दिएको थियो । न्यायालयको सम्मानको लागि प्रधानन्याधिसमाथि महाअभियोग लगाउन उपयुक्त नहुने संयोजक मिश्रको भनाइ छ ।

बखुण्डोलस्थित पार्टी कार्यालयबाट शुरु भएको यात्रा माइतीघर मण्डलामा पुगेर टुङ्गिएको थियो । यात्रामा सहभागीहरुले ‘त्रुटिपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?