मास्क नलगाई बाहिर निस्कनेलाई संक्रमण रोग ऐन,२०२० अन्तर्गत कारबाही गरिने !


लकडाउन खुलेसँगै कोरोना संक्रमणको जोखिम बढे पनि सर्वसाधरण मास्क नलगाइ बाहिर निस्कने क्रम बढेपछि आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न निर्देशन दिएको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

ुरोगको जोखिम बढे पनि सर्वसाधरणहरू मास्क नलगाइ बाहिर निस्किन थालेका छन्। मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मास्कको नियममा कडाइ गर्न फेरि निर्देशन दिएको हो,’ उनले बताए, अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने छ।

यसअघि पनि लकडाउन नखुल्दै असार २२ गते गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?