सीईओ गुरुङको फेसबुक ह्याक, ह्याकरले च्याटमार्फत पैसा मागे


सिभिल बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको फेसबुक एकाउन्ट ह्याक भएको छ । फेसबुक ह्याकरले च्याटमार्फत पैसा मागेका छन्। ह्याकरले ई–सेवामार्फत पैसा पठाउन भनेका छन्।

सापटी लिएको पैसा ह्याकरले भोलि बिहान फिर्ता गर्ने पनि बताएका छन् । सीईओ गुरुङले फेसबुक ह्याक भएको विषय प्रहरीलाई खबर गरेको जानकारी दिए। उनले भने, ‘मैंले फेसबुक चलाएको छैन, सबैजना सचेत भइदिनुहोला।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?