कालापानी र लिम्पियाधुरा जान नेपालीलाई रोक !


भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्नुपर्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलालाई हालै पत्र लेख्दै भारतले यस्तो आग्रह गरेको हो । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्नुपर्नेमा जोड दिएको छ ।

‘बिभिन्न नेपाली गुट, समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशका प्रशासनलाई सजग बनाउन सकियोस्, भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, कुनै सूचना तपाईँहरुलाई प्राप्त भयो भने हामीलाई त्यसको जानकारी दिने कष्ट गरिदिनु होला ।’

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो तर ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?