घर जलेका चेपाङलाई नयाँ घर बनाईदिन शर्माको सरकारलाई आग्रह!


पूर्व गृहमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले चितवनका चेपाङ समुदायको घर जलाउने दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । चितवनको माडी ९ कुसुमखोलामा बसोबास गर्ने चेपाङका ११ घर आगो लगाउनुका साथै हात्ति लगाएर भत्काईएको थियो।
शर्माले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै घर जलेका चेपाङको नयाँ घर बनाउन सुझाव दिएका छन् । ‘सरकारलाई मेरो आग्रह गल्ती सच्याउँ, दोषीलाई कारबाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाईदेउँ’ शर्माले फेसबुकमा लेखेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?